वाग्मती मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त

डिसी नेपाल
२५ कार्तिक २०७८ १९:२६

काठमाडौं ।वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मौजुदा मन्त्रिपरिषद्मा गठबन्धनका दुई जना प्रदेशसभा सदस्यलाई समावेश गरी आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल (धादिङ) र कांग्रेस संसदीय दलका सचिव निमा लामा (सिन्धुपाल्चोक) लाई मन्त्रीमा नियुक्त भएका हुन्। जम्कट्टेललाई आर्थिक मामिला तथा योजनामन्त्री र लामालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ । वाग्मती प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीलाई आजै शपथ गराए ।

गत कात्तिक ११ गते मुख्यमन्त्री पाण्डेको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो । यसअघि मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण गरी चार वटा मन्त्रालय सम्हालेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *