गण्डकीमा ४३ सङ्क्रमित थपिए

डिसी नेपाल
२६ कार्तिक २०७८ २२:१६

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा थप ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार थपिनेमा कास्कीका २४, तनहुँका छ, स्याङ्जाका पाँच, बाग्लुङका तीन, म्याग्दी र नवलपरासी ९बर्दाघाट सुस्ता पूर्व०का दुईरदुई, र पर्वतका एक जना रहेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७२ रहेको छ भने होम आइसोलेशनमा रहनेको सङ्ख्या ३११ जना रहेको निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *