हिन्दु र मुस्लिम समुदायबीच तनाव, धनुषामा कर्फ्यु
काठमाडौं ।साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी भइरहेको नारा जुलुस हुल हुज्जत रोक्न धनुषा जिल्लामा कर्फ्यु लगाइएको छ । स्थानीय प्रशासनले अहिले दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो। सो क्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल र्याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडपसमेत भएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment