प्रदेश नं १ मा २९ जनामा कोरोना सङ्क्रमण

डिसी नेपाल
२८ कार्तिक २०७८ २१:४९

काठमाडौं ।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २९ जनामा कोरोना सङ्क्रमण भएको छ । तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा १५, मोरङमा आठ, सुनसरीमा तीन र इलाममा दुईजनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १७ महिलासहित ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुईजना पुरुषको मृत्यु भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *