‘भक्तपुरमा ९० प्रतिशत नागरिकमा स्वास्थ्य बीमाको पहुँच पुर्‍याइन्छ’

डिसी नेपाल
१ मंसिर २०७८ २०:२५

काठमाडौं । भक्तपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका ९० प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा सेवा पुर्‍याउने भएको छ ।

भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा भएको अन्तक्र्रियामा नगर प्रमुख सुनिल प्रजापतिले भने, “नेपाल सरकारको स्वास्थ्य बीमाको कार्यक्रमबाट भक्तपुरका ७५ प्रतिशत जनता लाभान्वित भएका छन्, यसलाई ९० प्रतिशत जनताको पहुँचमा पु¥याउने लक्ष्य छ ।”

उनले स्वास्थ्य बीमाअन्तर्गतको रकम समयमै निकासा नगरिँदा जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या उत्पन्न भएको बताए । नगर प्रमुख प्रजापतिले बीमा कम्पनीबाट हुने झन्झटले गर्दा जनताले अनाहकमा दुःख पाउने गरेकाले बीमाप्रति जनताको विश्वास हट्दै गएको बताए । कार्यक्रममा बीमा समितिका उपनिर्देशक सन्तोष कार्कीले बीमा संस्थानको कूल लगानी चार खर्ब बराबरको रहेको तबताउँदै नेपालमा तीन प्रकारका बीमा कम्पनी रहेको चर्चा गरे ।

बीमा समितिबाट इजाजत प्राप्त १९ वटा जीवन बीमा कम्पनी रहेको, २० वटा निर्जीवन बीमा कम्पनी रहेको भन्दै उहाँले दुई वटा पुनःबीमा कम्पनी रहेको अवगत गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *