एमाले महाधिवेशनः महोत्तरीमा प्रतिनिधिमा आफुखुसी नाम पठाएको भन्दै असन्तुष्ट

डिसी नेपाल
४ मंसिर २०७८ १३:११

काठमाडौं।नेकपा एमाले महोत्तरीको माहाअधिवेसन प्रतिनिधि चयन अझै निश्कर्षमा पुग्न सकेको छैन । अन्य जिल्लामा प्रतिनिधिको टुङ्गो लागि सक्दा पनि महोत्तरीमा भने माहाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीहरूबीच विवाद लम्बिदै गएको छ ।

यसअघि एमालेको एक पक्षले प्रतिनिधि छनोट सर्वसम्मत भएको भन्दै प्रदेशमा नाम पठाइसकेको छ । तर, अर्को पक्षले भने असन्तुष्ट जनाउँदै आएको छ । महोत्तरीमा एमालेका १७ हजार सात सय सदस्य छन् । चार वटै क्षेत्रबाट सदस्य संख्याको आधारमा ३० जनासम्म प्रतिनिधि चयन गर्नु पर्ने एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीको भनाइ छ ।

यता, नेकपा एमाले प्रदेश इन्चार्ज रघुवीर माहासेठले प्रतिनिधि चयनमा कुनै विवाद नरहेको दाबी गरेका छन् । उनले महोत्तरीको पनि सर्वसम्मत नाम आइसकेको जिकिर गरे । तर, एक पक्षीय ढंगले आफुखुसी नाम राखेर प्रदेशमा पठाएको अर्को पक्षको आरोप छ ।

माहाअधिवेशन नजिकिँदै गर्दा महोत्तरीमा के गर्ने भन्ने अन्यौल बढेको छ । इन्चार्ज माहासेठले यदि विवाद भएको भए पुनरावोलन गर्न सकिने पनि बताए । ‘हामी पार्टीको विधानअनुसार निर्वाचन आयोग गठन गरेर पनि अगाडि बढ्न सक्छौं,’ उनले भने । नेकपा एमालेले २७ कातिकभित्र देशैभरीबाट माहाअधिवेशन प्रतिनिधि चयन गरिसक्न निर्देशन दिएको थियो ।

पूर्व माओवादी केन्द्रका नेता र एमालेबीच फाटोको स्थिति
माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरि महोत्तरीको इन्चार्ज बनेका टेकबहादुर बलाम्पाकीको निर्णयप्रति एमालेका नेताहरूले आपत्ती जनाएका छन् । उनले एउटा होटलमा बसेर ‘कोठे निर्णय’ गरेको र एमालेमा लामो समयसम्म योगदान गरेकाहरूलाई बेवास्ता गरेको बताउँदै आएका छन् । ‘इन्चार्ज बलाम्पाकीले जबर्जस्ती नाम पठाउनु भएछ । त्यसमा हाम्रो पूर्ण असहमति छ,’ नेता सन्त परियारले भने । बलाम्पाकीले पार्टीमा गुठ उपगुठ बनाउन लागेको नेताहरूको आरोप छ । बलाम्पाकीले एकतर्फी निर्णय गरेर पठाएको नाममा पुनरावलोकन हुनु पर्ने महोत्तरीका नेताहरूले अडान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *