‘जटिल परिस्थितिको सामना माओवादीले गर्छ’ – Dcnepal

‘जटिल परिस्थितिको सामना माओवादीले गर्छ’

काठमाडौं ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले देशको जटिल परिस्थितिको सामना नेकपा (माओवादी केन्द्र) ले गर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिका–२२ को प्रथम वडा अधिवेशनको आज उद्घाटन गर्दै उनले जनआन्दोलनको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि पार्टी कटिबद्ध रहेको बताए। पार्टी कुनै पनि आधारमा कमजोर नभएको उल्लेख गर्दै मन्त्री बरालले आगामी निर्वाचनमा जित्ने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

माओवादी केन्द्रका प्रदेश सदस्य केशव पौडेलले पार्टीभित्रका केही नेतामा भएको नराम्रो गतिविधि एवं व्यवहार त्याग्नुपर्ने आवश्यकता औँल्याए । पोखरा–२२ का पार्टी वडा इन्चार्ज त्रिभुवन पौडेलले पुम्दी भुम्दीवासीको जनजीवनमा परिवर्तन हुने कार्यक्रम ल्याउन मन्त्रीसमक्ष आग्रह गरेका छन् । पार्टीका पूर्व वडा सेक्रेटरी गोमा पौडेलले माओवादीले बीचमा बाटो बिराउँदा जनतामा केही भ्रम भएको बताए ।

माओवादी केन्द्र पोखरा–२२ का अध्यक्ष चण्डीकाप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा तेजप्रसाद बराल, दण्डपानी बराल, भुवानीप्रसाद बराल, मधु बराल, केशव पौडेललगायतलाई अभिनन्दन गरिएको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो