गण्डकीमा ३३ जना कोरोना सङ्क्रमण मुक्त

डिसी नेपाल
९ मंसिर २०७८ २२:५६

काठमाडौं ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ भने १० जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ का ८६ वर्षीय महिला र पोखराकै वडा नं ३० का ५१ वर्षीय पुरुष छन् । यीसँगै प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक जार ४१५ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७५ जना छन् भने होम आइसोलेशनमा १४९ जना रहेको निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *