दिगो पर्यटन विकासका सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्नुपर्नेमा जोड

डिसी नेपाल
१२ मंसिर २०७८ १२:२४

काठमाडौं । दीगो पर्यटन विकासका सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेदरल्याण्डको इरासमस युनिभर्सिटी अन्र्तगत इन्टिच्युट फर हाउजिङ्ग इण्ड अर्बान डेभलेपमेन्ट स्टडिज (आइएचएस) र युएन ह्याविट्याट नेपालको आयोजनामा सञ्चालित १५ दिने दिगो सांस्कृतिक सम्पदा तथा हरित वृद्धिसम्बन्धि भर्चुअल तालिम समापनका अवसरमा विज्ञहरुले सो कुरामा जोड दिएका हुन् ।

विकासका नाममा कतिपय सम्पदा र संस्कतिको संरक्षण हुन नसकेको भन्दै विज्ञहरुले यसको लागि सरोकारवाला सबै गम्भीर बन्नु पर्ने बताएका छन् । तालिममा सांस्कृतिक सम्पदा, यसको संरक्षण तथा व्यवस्थापन, गुणस्तर कायम तथा बजारिकरण र नीतिगत व्यवस्था लगायतका विषयहरु समावेश गरिएको थियो ।

तालिम समापनको अवसरमा पर्यटन बोर्डका निर्देशक हिक्तम सिंह ऐरले नेपाल प्रकृति, संस्कृति र साहसिक गरी तीन खालकै पर्यटकीय गतिविधिका लागि उपयुक्त स्थान रहेको उल्लेख गर्दै त्यसमा पनि नेपालको पर्यटनमा सांस्कृतिक सम्पदाहरुको विशिष्ट महत्व रहेको बताए ।

उनले दिगो पर्यटनका यस्ता सम्पदाहरुको संरक्षण आवश्यक रहेको बताउँदै दिगो पर्यटनका लागि पर्यटन बोर्डले समेत दिगो पर्यटन सञ्जाल निर्माण गरी काम गरिरहेको जानकारी दिएको थियो ।

कार्यक्रममा तालिमका मुख्य स्रोत व्यक्ति मार्जोरी भन ट्रेइनले नेपाल जस्तो सांस्कृतिक सम्पदामा धनी देशले सम्पदा संरक्षणमा उचित ध्यान दिन आग्रह गरे । उनले तालिममा पनि सरकोकारवालाहरुकै सहभागीता रहेकोले त्यसतर्फ थप काम हुने आशा गरेको बताए ।

तालिममा इसिमोड नेपालका प्रेसिडेण्ट काई वइसे, प्लानेट ह्यापिनेसका डा.पाउल रोग्रस, आइएचसका सारोन वेल्स, सोसियल टुर्सका राज ज्ञवाली, सम्पदा विज्ञ पीएर जोशीलगायतले प्रशिक्षण दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *