कतै ओली त कतै गोली चल्छ…
कतै मात्रै ओली चल्छ त कतै गोली चल्छ
यस्तै राजनीति नेपालमा आज भोलि चल्छ!
जयकार बाहेक के गरुन् कान चिरेका जोगी ?
उनै एक प्रभुको कृपाले तिनको झोली चल्छ!
दण्डवत् प्रणाम भित्र, बाहिर विरोध गरे जस्तो
राजनीति यहाँ दासतामा राष्ट्रवाद घोली चल्छ
मार्ग भड्केका विरचारशून्य कठमुल्लाहरुको
‘विचार भन्दा माथि देश’ भन्ने यहाँ बोली चल्छ!
आफ्नै खुट्टाले चौरमा दौडिँदै छन् लामिछानेहरू
चोक तिर केटा हो हेर यहाँ मेस्सी-कोहोली चल्छ!
विष्णु जोशी, खप्तड छान्ना-५, पिठातोला, बझाङ्ग
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment