माओवादी निकट प्रेस सेन्टरको अधिवेसन सुरु

डिसी नेपाल
१८ मंसिर २०७८ १३:२९

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ । चितवनमा आज (शनिबार)बाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।

चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्ने छ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *