जापान हिडेका ३४ नेपालीलाई फर्काइयो क्वालालम्पुर विमानस्थलबाट

डिसी नेपाल
१९ मंसिर २०७८ १२:११

काठमाडौं । नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपालीलाई नेपाल फर्काइएको छ । उनीहरुलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको कारण देखाउँदै फर्काइएको हो । जापानले ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेको छ ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार जापान सरकारको कोभिडसम्बन्धी नियमहरुका कारण जापान जान रोकिएका ३६ नेपाली नागरिकहरुमध्ये ३४ जना सकुशल नेपाल फर्किएका र २ जना भने दूतावासको पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी जापाननै गएका छन् ।

नेपाल फर्किएका नेपालीलाई समयमै उद्धार गर्न/गराउन सहयोग पुर्याएको भन्दै दूतावासले नेपाल सरकारका विभिन्न निकायहरुका साथै हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली राजदूतावास र मलेसियास्थित जापानी राजदूतावासलाई धन्यवाद व्यक्त गरेको छ ।

साथै, दूतावासले मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सबैलाई गन्तव्य मुलुकमा प्रवेशसम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइन (+६०१६२४७२७७७)मा सम्पर्क गर्न आग्रह गरेको छ ।

दक्षिण अफ्रिका हुँदै कोभिड–१९ को ओमिक्रोन भेरियन्ट संसारका विभिन्न मुलुकहरुमा फेला परेपछि यात्रामा उच्च सतर्कता अपनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *