घुम्न जाने हैन त ?

डिसी नेपाल
२० मंसिर २०७८ ११:५९

काठमाडाैं।  शनिबारको बिदा कसरी मनाउने तयारीमा हुनुहुन्छ ? हामी जाडो महिना सुरु भएसँगै घुम्न जाने, पिकनिक जाने स्थानहरुको खोजी गर्न सुरु गर्छौं । साथीभाइ जमघट गर्न या भनौं पिकनिक जान सबै जना मन पाउँछौं ।

तपाईं काठमाडौं उपत्यकामा हुनुहुन्छ र आफ्नो व्यस्त जीवनशैलीबाट थोरै भए पनि विश्राम लिन चाहनु हुन्छ भने काठमाडौं उपत्यकाबाट नजिकै रमाइलो र सुन्दर स्थानहरुको नामावली तयार गरेका छौं । यी स्थानहरुलाई आफ्नो गन्त्व्य स्थान बनाउन सक्नुहुनेछ ।

त्रिभुवन पार्क-

काठमाडौँ उपत्यकाका मनोरम स्थानहरु मध्य त्रिभुवन पार्क पनि एक महत्त्वपूर्ण स्थान हाे । हरियाली जंंगलभित्रका ससाना बगैंचा र चराचुरुङ्गीको चिर्बिर-चिर्बिर आवाजले यहाँ पुग्ने जो कोहीलाई पनि काठमाडौंको भीडभाड र कोलाहाललाई केही समय भुलाएको आभास हुन्छ।

साथीभाइहरुसँग जमघट गर्न हाेस् या पिकनिकका लागि यो पार्क उपयुक्त छ । यो पार्क शान्त र हरियाली वातावरणमा भएकाले पिकनिकका लागि पनि प्रख्यात छ । कलंकीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको पार्क प्रवेश गर्न विद्यार्थी र अन्यलाई फरक–फरक शुल्क निर्धारण गरिएको छ ।

धुलिखेल-

पिकनिक होस् या घुमघामका लागि अर्को उपयुक्त गन्त्व्य हो धुलिखेल। गगनचुम्बी हिमालहरूमध्ये मनास्लू, लमजुङ्ग, गणेश हिमाल, गौरीशंकर हिमाल, लाङटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरू देखिन्छन्। यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरूले मात्र साधारणतया: देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाँडाबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ।

पिकनिकटकालाई उपयुक्त स्थान धुलिखेल पनि एक हो । यहाँकाे देवीस्थानकाे मन्दिर हाेस् या बलभद्र कुँवरकाे सालिक अनि चुच्चे ढुङ्गा, टिकटकमा फेमस पिङमा झुल्दा आनन्द नलिने को नै होला र ? त्यसै पनि यो स्थान तपाईको रोजाइमा पर्न सक्छ । धुलिखेलको प्रमुख आकर्षणको केन्द्र बनिरहेको छ।

भोटेचौर-

‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान परिवारिक घुमघामको लागि राम्रो मानिन्छ । प्राकृतिक सौन्दर्यतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा पुग्नेहरु दिनानुदिन बढ्दै गएको छ । भोटेचौर सिन्धुपाल्चोक जिल्लाको पश्चिम दिशामा पर्दछ। चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु पनि छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ ।

चोभार-

चोभार काठमाडौँ उपत्यकाको पर्यटकीय स्थल हो । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकनका लागि एकदमै उपयुक्त स्थान हो । यहाँ परिवारिक घुमघामको लागि राम्रो मानिन्छ।

नगरकोट-

घुम्न जानको लागि धेरेको रोजाइमा पर्ने गरेको ठाउँ नगरकोट । काठमाडौंबाट करिब ३५ किमीको दूरीमा रहेको यो ठाउँ प्राकृतिक रुपले समेत सुन्दर छ । त्यसैले पनि राजधानीको भीडलाई छलेर अनगिन्ती जोडी होस् या परिवार नगरकोट पुग्छन् । त्यहाँको प्राकृतिक सौन्दर्यले प्रेममय मनलाई छताछुल्ल बनाइदिन्छ ।

सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिसोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।

गोदावरी-

गोदावरी नेपालको एक मात्र वनस्पति उद्यान हो। गोदावरी काठमाडौं सहरको केन्द्र–रत्नपार्कबाट करिब १५ किलोमिटर टाढा छ । गोदावरी वरपर शान्त र सुन्दरका लागि परिचित छ। सबैजनाले यहाँ प्रकृतिक सौन्दर्यताको आन्नद लिने र विभिन्न चराहरुको मधुर आवज सुन्न लालायित हुन्छन् । यो ठाउँ पनि पिकनिकका लागि उपयुक्त स्थान मानिन्छ ।

लकुरीभञ्ज्याङ-

घुमफिर गर्ने स्थानमा एउटा नयाँ र रमाइलो ठाउँ हो, लाँकुरी भन्ज्याङ । लाँकुरी भन्ज्याङ तीन जिल्ला ललितपुर, भक्तपुर र काभ्रेले छोएको ठाउँ हो। लाँकुरी भन्ज्याङ पुग्न लगनखेलबाट साढे १२ किलोमिटरमा लाँकुरी भन्ज्याङ पुग्न सकिन्छ। पछिल्ला दिनमा यो ठाउँ निकै चर्चामा छ ।

पहाडको टुप्पोमा रहेकोले काठमाडौं उपत्यकाको उत्कृष्ट दृश्य देख्न सकिन्छ। मौसम सफा भएमा हिमालको पूर्ण दायरा पनि अवलोकन गर्न सकिन्छ । सूर्यास्त र सूर्योदयको उत्कृष्ट दृश्य हेर्नको लागि यो स्थान काठमाडौंबाट सबैभन्दा नजिकको स्थान हुन सक्छ। लाँकुरी भन्ज्याङ पिकनिक स्पटका लागि उपयुक्त स्थान रहेको छ ।

पाइलट बाबा डाँडा-

भक्तपुरको सुर्यविनायक चोकबाट करिब एक घण्टाको पैदल यात्रापछि रमणीय पाइलट बाबा आश्रममा पुग्न सकिन्छ । आश्रमबाट काठमाडौं र भक्तपुरको सुन्दर दृश्यहरु देख्न सकिन्छ । ‘पदयात्रा’ को लागि उत्तम मानिने यस क्षेत्रमा विशेषगरि शनिवारका दिन पिकनिक जना उपयुक्त स्थान हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *