सुमिस्ता र पुनमलाई स्वर्ण

डिसी नेपाल
२४ मंसिर २०७८ २०:४७

काठमाडौं ।धर्मस्थली तेक्वान्दो डोजाङकी सुमिस्ता तामाङ र आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ की पुनम खत्रीले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको महिला ४५–४७ केजीमा सुमिस्ताले आयोजक ‘बी’ की नानु सुनार तथा ३६–३९ केजीमा पुनमले दिलीप स्मृति तेक्वान्दो डोजाङकी रोजिना तामाङलाई फाइनलमा पराजित गरे ।

पुरुषतर्फ १९ केजीमुनि आयोजक ‘बी’ का सजन लामा, २०–२२ केजीमा आयोजक ‘ए’ का आरुस राई, २२–२४ केजीमा रोकन कामत केवत, २४–२७ केजीमा ढल्कु तेक्वान्दो डोजाङका रिडम बिसी र २७–३० केजीमा आयोजक ‘बी’ का सुशान्त भुजेलले पहिलो स्थान हात पारे ।

महिला २०–२२ केजीमा दिलीप स्मृतिकी कृपा गौतम तथा २५–२७ केजीमा द गुर्खाकी प्रिस्का मगरले स्वर्ण जिते ।दुईदिने प्रतियोगितामा १ सय ४० खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक डोजाङका प्रमुख सुरेश मानन्धरले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *