सदस्य सचिवलाई जुडोको बधाई

डिसी नेपाल
२४ मंसिर २०७८ २१:३१

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई नेपाल जुडो संघले शुक्रबार बधाई दिएको छ । सदस्य सचिव घिसिङलाई त्रिपुरेश्वरस्थित कार्यकक्षमा भेट गरी जुडो संघका पदाधिकारीले बधाई दिएका हुन् । मंसिर १३ गते मन्त्री परिषद्को बैठकले घिसिङलाई नयाँ सदस्य सचिवको रूपमा नियुक्त गरेको थियो ।

जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, ओलम्पियन देवु थापालगायतका पदाधिकारीले सदस्य सचिव नियुक्त भएकोमा बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । सो अवसरमा संघका पदाधिकारीले सदस्य सचिव घिसिङलाई जुडो संघले हासिल गरेको उपलब्धि, प्रशिक्षकको अवस्था, प्रशिक्षण स्थलको समस्या, नेपालगन्जको जुडो एकेडेमीको अवस्थालगायतबारे अवगत गराएका थिए ।

सदस्य सचिव घिसिङले प्रशिक्षण स्थलका विषयमा तत्काल बुझेर आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *