बायर्नलाई शीर्ष स्थानमा ६ अंकको अग्रता

डिसी नेपाल
२६ मंसिर २०७८ ८:२४
88
Shares

काठमाडौं। पुनरागमन जितसँगै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्यनिखले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। शनिबार राति भएको खेलमा बार्यनले १२औँ जित निकाल्ने क्रममा एफएसभी मेन्चलाई २-१ अन्तरले पराजित गरेको हो।

भ्रमणकारी टोली मेन्चका करिम ओनिसिवोले २२औँ मिनेटमा अग्रता बनाएका थिए। त्यसपछि बायर्नले लगातार गोल गर्‍याे। ५३ मिनेटमा किङ्स्ले कोमानले बराबरी गोल गर्दा जमल मुसिआलाले ७४ मिनेटमा विजयी गोल गरे।

जितसँगै १५ खेलबाट ३७ अंक बनाएको बायर्न शीर्ष स्थानमा छ। पराजित मेन्च समान खेलबाट २१ अंकसहित आठौँ स्थानमा छ। दोस्रो स्थानको डर्टमुण्ड समान खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *