इराकमा ‘नेपाली रेष्टुरेन्ट एण्ड बार’ले डिजे पार्टी कार्यक्रम गर्ने
काठमाडौं। सरकारले प्रतिबन्ध लगाएको देश इराकको कुर्दिस्तान सुलेमानिमा नेपालीको लगानीमा संचालन गरिएको ‘नेपाली रेष्टुरेन्ट एण्ड बार’ले अंग्रेजी बर्ष २०२२ को अवसरमा सुलेमानी सर्चनार स्थित ओस्कार हलमा ७ जनवरी २०२२ शुक्रबारका दिन डिजे पार्टी कार्यक्रमको आयोजना गरेको छ।प्रतिबन्धित देशमा रहेर पनि नेपालीहरुले कुर्दिस्तानमा होटल व्यवसाय र सुपर मार्केटहरु व्यक्तिगत लगानीमा लाइसेन्स लिएर संचालन गरेका छन् ।
कार्यक्रममा डिजे नरेश ,डिजे मोक र भिगुरुङको टिमले मनोरञ्जन गराउने आयोजक नेपाली ‘रेष्टुरेन्ट एण्ड बार’ले जनाएको छ। प्रतिबन्धित देशमा रहेको नेपाली रेष्टुरेन्टलाई अन्य देश माझ चिनाउनको लागि पनि उक्त कार्यक्रम गरेको संचालक आर्यन मोक्तानले बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment