म्यारोडोना कपकाे उपाधि जुनियर्सलाई, बार्सिलोना स्तब्ध
काठमाडौं। बार्सिलोनालाई पराजित गर्दै बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ। मंगलबार राति साउदी अरेवियामा भएको खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सले स्पेनिस क्लब बार्सिलोनालाई ट्राइब्रेकरमा ४-२ अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। जसमा बोका जुनियर्सले बाजी मारेकाे हाे।
अर्जेन्टिनी स्टार खेलाडी म्यारोडोनाको गत बर्ष निधन भएपछि उनको सम्झनामा आयोजना गरिएकोे खेलमा बार्सिलोनाले आफ्नो दोस्रो रोजाईका खेलाडीलाई अवसर दिँदा डिफेण्डर ड्यानी आल्भेसले दोस्रो पटक डेब्यु गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment