शैक्षिक गरिबीको चिरफार – Dcnepal

शैक्षिक गरिबीको चिरफार

औपचारिक शिक्षा शासन प्रणाली र निर्देशनात्मक शिक्षण विधि प्रयोग गर्ने विद्यालय तथा विश्वविद्यालय नै शैक्षिक गरिबी उत्पादन (प्रोडक्ट) गर्ने कारखाना हुन्। नियन्त्रण र निर्देशन निर्जीव वस्तुहरुका लागि अनुकुल हुन सक्छ तर सजिव कस्तुका लागि हो भने प्रतिकुल भइ दिन्छ।

माग अनुसारको आपूर्ती हुन सकेन भने सजिब वस्तुहरु प्रतिक्रिया जनाइरहेका हुन्छन्। प्रतिक्रिया जनाउनु भनेको अनुकुल आपूर्ती होस भन्ने नै हो। अर्थशास्त्रले प्रमाणित गरेको माग र आपूर्तीको सिद्धान्तले शैक्षिक गरिबीलाई पनि सिकाई र शिक्षण पेशा होइनन मात्र स्वेच्छिक आवद्धता।

संसारमा कोही पनि गरीब हुँदैन। कृतिम अभाव र समस्या सृजना गरी नियन्त्रणबादी चित्रहरुको चरित्रबाट प्रसार गरिएको माध्यम हो गरिबी। स्वतन्त्र र स्वविवेक जीवनशैली नितान्त फरक छन् तर मानिसका सामान्य सिद्धान्तमा गोली ठोकेर असामान्य सिद्धान्तहरुको जालो अर्थात् परनिर्भर कृतिम चिल्ला जीवनशैलीले हाम्रो जस्तो सुन्दर राष्ट्रमा शैक्षिक गरिबी उत्पादन गरिरहेको छ। हाम्रो देशको आवश्यकता विपरित शिक्षाका माध्यमहरु विकास भएका छन्।

शैक्षिक गरिबीको कारणले नै आज राष्ट्रका उर्जाशिल युवा पुस्ता वैदेशिक कामदार भएर बाँच्नु परेको छ। हेर्दै जाऔं ३–४ दशक पूरा गरेका पुस्ताले हाम्रो देश नेपाल वृद्धाश्रमको देश भनेर चिन्ने छन्। कारणले परिणाम दिने हो। कारण शैक्षिक गरिबी प्रष्ट छ। हाम्रो राष्ट्रिय शिक्षा नीति औपचारिक शिक्षामा बढी केन्द्रित छ तर अनौपचारिक शिक्षालाई कम महत्व दिएकोले नै औपचारिक शिक्षामा अब्बल मूल्यांकन गरिएकाहरु अनौपचारिक शिक्षाबाट तिखारिएका र खारिएका व्यक्तिहरुबाट शासित छन्।

अनौपचारिक शिक्षाले राजनीतिक र वैज्ञानिक आविष्कारको क्षेत्रमा ठूलो योगदान दिएको छ। अनौपचारिक शिक्षाले बढी प्रभाव जमाएका विश्व प्रसिद्ध व्यक्तित्व अब्राहम लिंकन (सन १८०९–१८६५) र अल्वर्ट आइस्न्टाइन (सन १८७९–१९५५) जुन प्रसंग विश्व स्वतन्त्र कोषमा अध्ययन गर्न सक्छौ।

अपरिपक्क राजनीतिक नेपाली नीतिगत व्यवस्थाले कानुनलाई खसी डोरयाए झै डोर्‍याएर स्वार्थ केन्द्रित बली दिने दानवीय संस्कार आधुनिक समाजमा रुपान्तरण गरी नेपालको विद्यालय र विश्वविद्यालयको नियन्त्रण र निर्देशनात्मक शिक्षा प्रणालीमा भोटे ताल्चा लगाउन अनिवार्य छ। खाडी मुलुकको विकासमा टेवा दिने श्रमिक उत्पादन गर्ने कारखानालाई स्वदेशी साधना, कारखाना, उद्यमशिलता र उत्पादनमा रुपान्तरण गरिए परिवार, समाज र राष्ट्रलाई टेवा पुग्ने छ।

लिंकनले अमेरिकामा जारी गृहयुद्ध भइरहेको बेलामा उनी सेनाको रुपमा युद्ध जित्नको लागि युद्धमा होमिए पछि युद्धको अन्त्यसँगै राजनीतिमा प्रवेश गरे। संयुक्त राज्य अमेरिकाको इतिहासमा उनी एक संकटकाल थिए। उक्त समय दास प्रथालाई लिएर देश भरिनै मतभेद तथा असन्तोष फैलिएको थियो। उत्तरी राज्यको गोरे दास प्रथाको विरुद्धमा थिए। सन १८४७ मा उनी अमेरीकी कांग्रेसबाट संसदका चुनिए र रिपब्लिकन पार्टीकोतर्फबाट चुनाब पनि जिते।

अमेरिकामा दासप्रथाकाे अन्त्य गर्दै १६ औ राष्ट्रपति हुन सफल भएका थिए। आइन्स्टाइनले आफ्नै खोजीको आधारमा अंतरिक्ष, समय र गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरेर विश्व जगतलाई नै वैज्ञानिक आविष्कार प्रेषण गरेका थिए। यी व्याक्तिहरुको चरित्र चित्रण गरी चिरफार गरेर हेर्दा औपचारिक शिक्षा शासन प्रणाली भन्दा पृथक देखियो।

औपचारिक शिक्षामा कम र मन्द बुद्धि भएकाहरुको सुचिमा सुचिकृत व्यक्तित्वहरु अनौपचारिक शिक्षाको माध्यमबाट औपचारिक शिक्षा र शासन प्राणलीलाई चुनौती दिँदै मानव जीवनमा राजनीतिक, आर्थिक, सामाजिक र बैज्ञानिक प्रयोगहरुको माध्यम अनौपचारिक शिक्षाका साथ कम र मन्द बुद्धिले मानव जीवनमा सुरक्षित गति प्रदान गरेको छ।

नेपालको सन्दर्भमा दरवार हाइस्कुल देखिको औपचारिक शिक्षा शासन प्रणलीले गर्दा बर्तमान समय सम्म पनि समग्र राष्ट्रको शिक्षानीति औपचारिक शिक्षाको छायाबाट नै गुज्रिरहेको छ। औपचारिक शिक्षा भनेको परीक्षामा बढी प्राप्तांक प्राप्त गुर्न पर्छ भन्ने मान्यता रहेको नीतिगत व्यवस्था र शैक्षिक बेरोजगारीको उत्पादन (प्रोडक्ट) हो।

शिक्षणमा श्रोत र सामाग्री प्रयोग हुनु अनुकुल होला तर सिकारुलाई प्रतिकुल हुन सक्छ। प्रतिलिपी शिक्षणले सिकारुलाई उत्पादन मुलक कहिलै बनाउँदैन। जबसम्म स्वतन्त्र शिक्षण र सिकाई प्रवद्र्धन हुदैन तबसम्म नेपालको शिक्षा क्षेत्र शैक्षिक गरिबीको उत्पादन मुलक क्षेत्र र खाडी मुकुलको श्रम आपूर्ति केन्द्र रहने छ।

नेपालको शिक्षालाई बेरोजगार उत्पादन गर्ने कारखाना भनिरहँदा विश्वको सर्वाधिक प्रसिद्ध फोबर्स पत्रिकाले सन् २०२० मा प्रकाशित गरेको नेपालका सर्वाधिक धनी वा सम्पत्ति भएका व्यक्तिहरुको सूचीले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने र देश तथा विदेशमा उद्यमशिलता, उद्योग तथा व्यापार साथै राजनितीका साथ समाजसेवामा

आवद्ध भएका नेपालका टप १० जना व्यक्तिहरु
१– विनोद चौधरी (रु.१.४ बिलियन अमेरिकी डलर)
२– शेष घले (रु.१.१८ बिलियन अमेरिकी डलर)
३– डा.उपेन्द्र महतो (रु.५०० मिलियन अमेरिकी डलर)
४– अजय सुमार्गी (रु.२५० मिलियन अमेरिकी डलर)
५– आदित्य झा (रु.१५० मिलियन अमेरिकी डलर)
६– जिवा लामिछाने (रु.१०० मिलियन अमेरिकी डलर)
७– पशुपति शम्शेर जङ बहादुर राणा (रु.७५ मिलियन अमेरिकी डलर)
८– बलराम चेन्नाई (रु.७० मिलियन अमेरिकी डलर)
९– राजेन्द्र खेताम (रु.७० मिलियन अमेरिकी डलर)
१०– ज्ञानेन्द्र वीरविक्रम शाह (रु.६० मिलियन अमेरिकी डलर)

नेपाली राज्यव्यवस्था र अर्थव्यवस्था भित्र डलर खरबपति र अरबपतिहरुको योगदान कति छ हिसाब किताम नेपाली समाजले गर्ला तर पनि नेपालको शैक्षिक बेरोजगारीको नाङ्गो आखाले परीक्षण दर्गा बेरुजु आउने भने देखिँदैन।

नेपालको शैक्षिक प्रणलीमा प्रत्यक्ष र अप्रत्यक्ष जोडिएका व्यक्तिहरुले देख्ने नेपालको चित्र विचित्र प्रकृतिको छ भन्ने गरेको सुनेका छौ। सुनको कचौरा बोकेर भिक मागिरहोको हाम्रो देश हो भन्ने भनाई पनि सुनिन्छ। विनोद चौधरीको गरिखाने अभियान जसले उद्यमशिलतामा टेवा दिने देखिन्छ।

सम्पत्तिका हिसाले धनीव्यक्तीहरुको सफलता सिधै विद्यालय र विश्विद्यालयले प्रदान गरेको होइन तर आधार चाँहि हो भने प्रधान भने स्वतन्त्र साधना हो। आइडियाहरु अरुको आवश्यकतामा रुपान्तरण गर्ने विधि आधुनिक शिक्षा र ज्ञानको कलमी प्रसार हो। स्वअध्ययन, अनुसन्धान र आविष्कारबाट विश्वव्यापीकरण व्यवस्थामा धनी व्यक्ति जस्तै धनी राष्ट्रहरुले अर्थतन्त्रको केन्द्रविन्दुमा रहने लडाईमा सक्रिय रहन्छन्।

संसारका वा नेपालका धनी व्यक्तिहरु पनि शैक्षिक बेरोजगारीका अनौपचारिक विद्यालय विश्वविद्यालय हुन सक्छन्। अध्ययन गर्दा आत्मबृतान्त सहितको चिरफार आवश्यक छ। नीतिगत व्यवस्था र कार्य व्यवस्थामा परीक्षण गर्दा नेपालको शिक्षा क्षेत्र बेरोजगारी शिक्षामा मात्र सीमित भइ ५० प्रतिशत बेरुजु हुने प्रक्षेपण गर्न सकिन्छ।

विद्यमान नेपाली समाज विविध गरिबिले ग्रसित बनेको छ। समाजमा गरीबी भन्नाले आर्थिक विपन्नता हो भन्ने बुझाई छ। समाजको बुझाई नै गलत भएपछि गरीबी कसरी समाधान होला र? सबैभन्दा ठूलो कुरा सोचाई हो जस्ले स्वयम व्यक्तिकाे दिमाग र परिवारमा चिराचिरा पारेको छ।

सोच बदलिएर शब्द बनेको हुन्छ। शब्द बदलिएर बोली बनेको हुन्छ। बोली बदलिएर बानी बनेको हुन्छ। बानी बदलिएर कर्म बनेको हुन्छ। कर्म बदलिएर चरित्र बनेको हुन्छ। चरित्रले आफ्नै चित्रको विचित्र सञ्चार गरेको हुन्छ। चित्र बदलिएको हुन्छ तर चरित्र उही हुन्छ। चित्र बदल्ने तर चरित्र कहिल्यै नबदल्ने समाजमा खोजी र परीक्षण रक्तसञ्चार प्रणाली जस्तै संवेदनशिल छन्। शिक्षले ज्ञानको विकास गर्ने हो तर चरित्रको विकास आमा र बुवाको जीनको संयोजनबाट उत्पादन हुने हुँदा जसलाई परिवर्तन गर्न सकिँदैन।

कार्य सिद्धीको लागि प्रयोग गरिने वार, पार र अपार सम्बन्धले होइन साधनाले चेतना र शिक्षामा टेवा दिने हो । नियन्त्रण वादी सोच र निर्देशनात्मक राज्य व्यवस्थाले गर्दा नै अस्थिर राजनीति मौलाएको हाम्रो देशमा जातीय आरक्षणले गरीबीमा टेवा पुगेको देखिन्छ। खासगरी बाहुन क्षेत्रीलाई सम्पन्न वर्गमा हेरिनु सामाजिक खण्डीकरणको चरम दमनकारी व्यवस्था हो। दलित र मलित जोसुकै गरिब किन न होस राज्यले समान आरक्षण दिनुपर्छ। अपरिपक्क राजनीतिक नेपाली नीतिगत व्यवस्थाले कानुनलाई खसी डोरयाए झै डोर्याएर स्वार्थ केन्द्रित बली दिने दानवीय संस्कार आधुनिक समाजमा रुपान्तरण गरी नेपालको विद्यालय र विश्वविद्यालयको नियन्त्रण र निर्देशनात्मक शिक्षा प्रणालीमा भोटे ताल्चा लगाउन अनिवार्य छ। खाडी मुलुकको विकासमा टेवा दिने श्रमिक उत्पादन गर्ने कारखानालाई स्वदेशी साधना, कारखाना, उद्यमशिलता र उत्पादनमा रुपान्तरण गरिए परिवार, समाज र राष्ट्रलाई टेवा पुग्ने छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो