अभिजितका हत्याराको सुराग दिनेलाई अमेरिकाद्वारा ६० करोड रुपैयाँ पुरस्कारको घोषणा

काठमाडौं। बंगलादेशमा २०१५ मा मारिएका अभिजित रोयको हत्याराबारे कुनै सुराग दिनेलाई अमेरिकाले ५ मिलियन डलर (६० करोड रुपैयाँ) पुरस्कार घोषणा गरेको छ । अभिजितको हत्याको आरोप लागेका २ दोषीहरु फरार छन् । उनीहरुबारे जानकारी दिनेलाई अमेरिकाले पुरस्कार घोषणा गरेको हो । अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड फर जस्टिस’ कार्यक्रमले सोमबार ट्वीट गरेर सैयद जिया उल हक उर्फ मेजर जिया र अकरम हुसैनको जानकारी दिनेहरुलाई पुरस्कारको घोषणा गरेको हो ।
ट्वीटमा लेखिएको छ ‘२०१५ मा बंगलादेशमा अमेरिकीहरुमाथि हमला गर्नेहरुको जानकारी दिनको लागि ५ मिलियन डलरसम्म पुरस्कार । ढाका, बंगलादेशमा आतंकवादीहरुले अभिजित रोयको हत्या गरिदिएका थिए र उनकी पत्नी राफिदा अहमदलाई घाइते बनाएका थिए । यदि तपाइँलाई यो जघन्य अपराधका जिम्मेवार व्यक्तिहरुको जानकारी छ भने हामीलाई तल दिइएका नम्बरमा म्यासेज गर्नुहोस् ।’ यो ट्वीटमा एउटा पोस्टर पनि छ जसमा यो हत्याको घटना र यससँग सम्बन्धित विवरण छ ।
Reward! Up to $5 Million for Information
On Attack Against Americans in BangladeshIn 2015, terrorists killed Avijit Roy and wounded his wife, Rafida Ahmed, in Dhaka, Bangladesh.
If you have info on those responsible for this heinous attack, text us at the number below. pic.twitter.com/cB26VVBKve
— Rewards for Justice (@RFJ_USA) December 20, 2021
अमेरिकी विदेश मन्त्रालयको तर्फबाट ट्वीट गरिएको पोस्टरमा लेखिएको छ ‘२६ फेब्रुअरी २०१५ मा जब अभिजित रोय र उनकी पत्नी राफिया बोन्या अहमद ढाका पुस्तक मेलाबाट फर्किरहेका बेला अल कायदासँग जोडिएका आतंकवादीहरुले रोयको हत्या गरिदिए र उनकी पत्नीलाई घाइते बनाए । यो हमलामा भूमिकाको लागि बंगलादेशी अदालतले ६ जनालाई दोषी ठहर गरेको छ र सजाय दिएको छ ।’
पोस्टरमा अगाडि लेखिएको छ ‘यीमध्ये २ अभियुक्त सैयद जिया उल हक उर्फ मेजर जिया र अकरम हुसैन ट्रायलको सुरुवातदेखि फरार छन् । यदि तपाइँलाई हक, हुसैन वा यो आक्रमणमा संलग्न कुनै अरु पनि व्यक्तिबारे जानकारी छ भने त्यसको जानकारी तल दिइएको नम्बरमा हामीलाई संकेत, ट्लीग्राम वा ह्वाट्सएपमार्फत दिनुस् । तपाइँ पुरस्कारको पात्र हुन सक्नुहुन्छ ।’
पेसाले बायो इन्जिनियर रहेका अनलाइन अभियन्ता अभिजित रोय बंगलादेशी मूलका अमेरिकी नागरिक थिए जसको २६ फेब्रुअरी २)१५ मा हत्या भएको थियो । यो आक्रमणको जिम्मेवारी दुई सम्बन्धित समूहले लिएका थिए जसमध्ये एउटा अंसारुल्लाह बांग्ला टिम र अर्को भारतीइ उपमहाद्विपमा अल कायदा (अकिस) ले लिएका थिए । यी दुवै समूह अल कायदाबाट प्रेरित थिए ।
२०१९ मार्चमा मा पुलिसले चार्जशीट दायर गरेर अगष्टदेखि सुनुवाइ सुरु भएको यो मामिलामा अदालतले यही वर्षको फेब्रुअरीमा ६ जनालाई दोषी ठहर गरेर सजाय सुनाएको थियो । ६ जनामध्ये ५ जनालाई मृत्युदण्ड र एक जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । फरार रहेका दुवैलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
Facebook Comment