नेपालमा थप २९३ जनामा कोरोना संक्रमण
काठमाडौं। नेपालमा थप २९३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरी गरिएको ११ हजार ६२६ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जनामा संक्रमण फेला हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २६३ जना संक्रमित कोरोनामुक्त भएर आफ्नो घर फर्केका छन्। कोरोन संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जना मृत्यु भएको छ। नेपालमा हाल ५ हजार १६१ जना सक्रिय संक्रमित रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment