मोरङमा सबैभन्दा बढी सङ्क्रमित

डिसी नेपाल
८ पुष २०७८ १९:१८

काठमाडौं। पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ को मोरङ जिल्लामा १५ जनामा कोरोना सङ्क्रमण भएको छ । सोमध्ये विराटनगर महानगरपालिकामा नौ जना छन् । सुनसरीमा दुई, झापा, भोजपुर र सङ्खुवासभामा एक/एक जना छन् ।

पीसीआरको आधारमा ४३७ को परीक्षण गर्दा २० र १०५ जनाको एन्टिजन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै नौ महिलासहित १८ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अहिले पनि प्रदेशमा ९८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *