अवैध आप्रवासी कामदारलाई मलेसियामा आममाफी दिइने समयावधि तेस्रोपटक थप

डिसी नेपाल
९ पुष २०७८ १७:२९

क्वालालम्पुर । अवैधानिक आप्रवासी कामदारहरुको हितमा मलेसिया सरकारले सन् २०२० को डिसेम्बरदेखि सञ्चालनमा ल्याएको अवैधानिक हैसियतमा रहेका रहेका आप्रवासी कामदारहरुलाइ अध्यागमन विभागले निर्धारण गरेको शर्त बमोजिम घरफिर्ती हुने वा पुन वैधानिक भएर बस्न पाउने ( रिक्यालिब्रेशी पुलाङ्) कार्यक्रमको समय अवधि तेस्रोपटक थप गरेको छ ।

मलेसियन अध्यागमन बिभागको कार्यालयले एक बिज्ञप्ति सार्वजनिक गर्दै कार्यक्रमको अवधि ३० जुन २०२२ सम्मलाई थप गरिएको उल्लेख गरेको छ ।

मलेसिया सरकारले यो कार्यक्रम २०२० को डिसेम्बरदेखि नै सञ्चालनमा ल्याएको भपनि कोभिड १९ का कारण लामो सम्म प्रभावित बन्न पुगेको थियो । यद्यपि कोभिड १९ नियन्त्रण उन्मुख बन्दै गएपछि पछिल्लो समयमा भने कार्यक्रम प्रभावकारी बन्दै आएको छ । अध्यागमन विभागको जानकारी अनुसार २०२१ को डिसेम्बर २१ सम्ममा १ लाख ९२ हजार २८१ जना अवैधानिक आप्रवासी कामदारहरुले स्वदेश फर्किनलाई आवेदन दिइसकेका छ्न्। कुल आवेदकमध्ये अहिलेसम्म १ लाख ६२ हजार ८२७ जना अवैधानिक आप्रवासी श्रमिक मलेसियाबाट स्वदेश फर्किसकेका छ्न्।

यस कार्यक्रमको उपयोग गर्दै स्वदेश फर्किन केयलआईए स्थिति अन्तर्राष्ट्रिय विमानस्थलमा भएको तथ्यांकअनुसार अवैधानिक आप्रवासी कामदारहरु मध्ये सबैभन्दा धेरै इन्डोनेसियन नागरिक ९९ हजार ४७ जना , यस्तैगरी २६ हजार ८२१ जना बङ्लादेशी नागरिक रहेका छन् । यस्तै २३ हजार ८४४ भरतिय र बाँकी ४२ हजार ५६९ जना नेपाल, भियतनाम, थाइल्यान्ड, कम्बोडिया, म्यानमार, श्रिलङ्का, लगायतका देशका अवैधानिक श्रमिकहरु स्वदेश फर्किएको अध्यागमन विभागले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *