मताधिकार सुनिश्चित गर्न सेती महाकाली प्रवास सेवा समितिले कूटनीतिक नियोगहरुलाई बुझायो ज्ञापन पत्र

डिसी नेपाल
१९ पुष २०७८ ११:४५
152
Shares

काठमाडौं । सेती महाकाली प्रवास सेवा समितिले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न विभिन्न कूटनीतिक नियोगहरूको ध्यानाकर्षण गराएको छ । आइतबार सेती महाकाली प्रवास सेवा समिति भारत केन्द्रीय अध्यक्ष अम्मर बिष्टसहितको टोलीले कूटनीतिक नियोगहरुलाई पत्र पठाउँदै ध्यानाकर्षण गराएको हो ।

स्वच्छ, पारदर्शी, शान्तिपूर्ण र समावेशी निर्वाचन हुँदा लोकतन्त्र बलियो हुने भन्दै सबै नागरिकको सहभागितामूलक निर्वाचन गर्न अब विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने भन्दै नियोगहरुलाई पत्र पठाएको अध्यक्ष बिष्टले बताए ।

पत्रमा लेखिएको छ, ‘हामीले लामो राजनीतिक संघर्षपश्चात् प्राप्त लोकतान्त्रिक गणतन्त्रको स्थापना जस्ता उपलब्धिलाई संविधानमा लिपिबद्ध गरिसकेका छौं । लोकतन्त्रको सुन्दर पक्षमध्ये आवधिक निर्वाचन पनि हो । संविधानले प्रदत्त यस अधिकारको उपयोग गर्न पाउने माग आज विदेशमा राजनीतिक, शैक्षिक, सामाजिक र आर्थिक कारणले विदेशिएका नेपाली युवाहरूले गर्दै आएका छन् ।’

सेती महाकाली प्रवास सेवा समितिले विदेशमा रहेका नेपालीले आगामी निर्वाचन मतदान गर्न पाउने मौलिक हकको कार्यान्वयन गर्ने व्यवस्था सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग र परराष्ट्र मन्त्रालयमार्फत् सबै देशका राजदूतावास र कूटनीतिक नियोगहरूलाई ज्ञापन पत्र बुझाएको बिष्टले बताए ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *