मलेसियामा नेपाली कामदार माथि कुटपिट, भिडियो सहित
क्वालालम्पुर। मलेसिया नेपाली कामदार माथि मलेसियन नागरिकले कुटपिट गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ। उक्त घटना मलेसियाको कुन ठाउँ र कुन कम्पनी अनि कुटाइ खाने नेपाली र घटनाको आधिकारिक कारण भनेको खुलेको छैन।
तर, भिडियो अनुसार नेपाली कामदारले मदिरा सेवन गरेको भनेर कुटपिट गर्ने व्यक्तिले मलेशियान भाषामा बताए पनि कुटाइ खाने नेपाली भने भिडियो मदिरा सेवन गरेको र नराम्रो गतिविधि गरेको वा अपशब्द बोलेको देखिँदैन।
घटना कहिलेको भन्ने श्रोत नखुले पनि नेपाली मजदुर एकता समाजले उक्त भिडियो क्वालालम्पुरस्थित नेपाली राजदूतावास र श्रममन्त्रीलाईसमेत पठाएको र यस बारे उनीहरूकाे कुनै प्रतिक्रिया प्राप्त नभएको नेपाली मजदुर एकता समाजका महासचिव समर्पण भट्टराईले डिसी नेपाललाई जानकारी दिए।
यस घटनाबारे आवश्यक जानकारी लिने काम भैरहेको नेपाली मजदुर एकता समाजका महासचिव भट्टराईले आफ्नो फेसबुक वालमा उक्त भिडियो पोस्ट गर्दै लेखेका छन्।
गल्ती सम्बन्धित कामदार कै भएपनि भिडियमा कामदारको गल्ती स्पष्ट देखिँदैन। विश्वका जुनसुकै देशमा पनि गल्ती अनुसारको सजाय पाउने र भोग्नुपर्ने कानुनी व्यवस्था हुन्छ। तर यसरी एउटा श्रमिक माथि हातपात गर्ने अधिकार मलेसियन नागरिकलाई नभएकाे भन्दै विराेध भएकाे छ।
भिडियाे
No ads found for this position

डिसी नेपाल
Facebook Comment