तनहुँमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
२५ पुष २०७८ ११:४७

तनहुँ । तनहुँमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नं. को पिकप भ्यान आज बिहान ३ बजे व्यास नगरपालिका वडा नं. १ तालघरेस्थित सडकमा पल्टिदा म्याग्दे गाउँपालिका वडा नं. ६ अकलाका ५३ वर्षका सवारी चालक हरिबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक थापाको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *