कप्तान लाथमको उत्कृष्ट ब्याटिङ प्रेरित न्युजिल्यान्डको सुखद् सुरुआत
काठमाडौं। कप्तान तथा ओपनर टम लाथमको शतकप्रेरित न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सुखद् सुरुआत गरेको छ।
क्राइष्टचर्चमा टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्डले आइतबार पहिलो दिनको समाप्तिमा एक विकेट गुमाउँदै ३४९ रन बनाएको हो।
२८ चौका हिर्काएका लाथमले अविजित १८६ बनाए। डेभोन कनवे ९९ रनमा अविजित छन्। यस्तै विल योङले अर्धसकीय इनिङ खेल्दै ५४ रनमा आउट भए।
लाथम र कनवेले दोस्रो विकेटका लागि अविजित दुई सय एक रनको साझेदारी गरिसकेका छन् । बंगलादेशका सोरिफुल इस्लामले एक विकेट लिए । पहिलो टेस्टमा बंगलादेशले न्युजिल्यान्डविरुद्ध आठ विकेटको जित हात पारेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment