बाल शोषणको चपेटमा नेपाली युवा, परिवार खोज्दै भुवन थापा

डिसी नेपाल
२६ पुष २०७८ १३:१४

काठमाडौँ। भारतको जम्मु कास्मिरमा एक नेपालीलाई ६ वर्षसम्म बन्धक बनाइ शोषण ( बाल – मजदुर ) गरेको जानकारी आएको छ । पिडितले जानकारी दिए अनुसार उनी एघार वर्षको उमेर हुँदा आफ्नै आफन्तले कमिशनको लालचमा उनलाई घरेलु काम र राम्रो तलब भन्दै विदेशीको कब्जामा दिएको बताए। यस पश्चात आफन्तले पिडितसंग कहिलैपनि सम्पर्क गरेनन्। विगतका ६ वर्ष उनी आफन्त खोज्न आउछन भन्ने आशाले प्रतीक्षा गर्दै बसे तर काम लगाई दिने आफन्त सम्पर्क बिहिन थिए नै साथै परिवारको जानकारी पनि आएन।

अहिले १७ वर्ष पुगेका आफ्नो नाम भुवन थापा बताउने पिडित ११ वर्षको हुँदा उनकै पारिवारिक आफन्त पुरन गिरीले कामको व्यवस्था गरिदिएको र उनलाई भारतको जम्मु स्थित हिरानगरमा सजिलो घरेलु काम साथै राम्रो तलब दिनेछन् भन्दै विदेशीको घरमा छोडेर आएका थिए । पिडितले बताए अनुसार विगत ६ वर्षसम्म न कुनै तलब दियो न कुनै आफन्त संग भेट हुन्। यसरी बन्धक बनाएर काम गराउनु भारतमा गैर-कानुनी हो तर आफन्तको अभावले गर्दा ६ वर्ष सम्म पिडितले दुखः भोग्नु पर्यो। ११ वर्षको कलिलो उमेरदेखि १७ वर्षसम्म उनलाई बन्धक बनाएर जबरजस्ती काम गराए र यस अवधिमा उनले आफ्नो नेपालको ठेगानासम्म भुलेका छन्के। उनले केहि आफन्तको नाम र ठाउँको भरमा आफन्त भेट्ने आशाले जम्मुबाट भागेको डिसी नेपाललाई बताए।

जनवरी ६ को दिन दलित एकता संजाल भारतकि उपाध्यक्ष ममता बिकलाई उक्त बालक नयाँ दिल्लीको रेल्वे स्टेशनमा भौतारी रहेको जानकारी आउन साथ उनी आफ्नो समूहको सहयोगले पिडित युवालाइ आफ्नो संरक्षणमा लिएको दलिक एकता संजाल भारतका अध्यक्ष अर्जुन बिकले बताए। यस घटना र पिडितको पूर्ण जानकारीसहित आफन्त खोज्ने अनुरोध संस्थाले दिल्ली स्थित दुताबासलाई गरेको तर दुताबासले यस घटना सम्बन्धमा कुनै जानकारी नलिएको अध्यक्ष अर्जुन बिकले बताए। भारतमा नेपाली चेली बेच बिखन साथै जातिय भेद-भाव विरुद्ध अवाज बुलन्द गर्दै आइरहेको संस्था दलित एकता संजालले नेपाली युवा-युवतिहरु पनि बाल-मजदुर शोषणको चपेटमा आएको र वर्तमान समयमा बाल शोषणले गर्दा हजारौ बाल-बालिकाहरुले आफ्नो कलिलो जीवन काल कोठरीमा बिताउनु परेको यसकारण अब संस्थाले यस विरुद्धपनि भारतमा आफ्नो बुलन्द गर्ने बताए ।

पिडित युवाले डिसी नेपाल मिडियालाई दिएको जानकारी अनुसार उनको पूर्ण नाम भुवन थापा, बुवाको नाम बिर बहादुर थापा आमाको नाम हरिकला बिक बसोवास बुटवल साथै उनको मामाको घर कंचनपुर सुक्लाफाटा नगरपालिका झलारी दोमिल्ला रहेको र मामाहरुको नाम शेर बहादुर बिक, जय बहादुर बिक र मोहन बिक रहेको बताए। पिडित युवकसंग आफ्नो परिवारको यती मात्रै जानकारी भएको र यस आधारमा उक्त युवा संग सम्बन्धित कुनै पनि जानकारी भएमा यस नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ +९१७०११३९०१९५ (अर्जुन बिक)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *