१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा राेक्याे
काठमाडौं। १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ।
बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो।
अब, अर्काे लेग आर्सनल मैदानमा हुनेछ। जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ। चेल्सीले समग्रमा टोटनहमलाई ३-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment