सत्य निस्कियो धोनीको भविष्यवाणी, एमएस धोनीको वर्षौं पुरानो भिडियो भाइरल – Dcnepal

सत्य निस्कियो धोनीको भविष्यवाणी, एमएस धोनीको वर्षौं पुरानो भिडियो भाइरल

काठमाडौं। विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानबाट राजीनामा दिएका छन् । कोहलीले राजीनामाको घोषणा गरेसँगै सामाजिक संजालमा पूर्वकप्तान महेन्द्र सिंह धोनीको एउटा बयान भाइरल भइरहेको छ । २०१७ मा धोनीले एकदिवसीय र टि–२० फरम्याटको कप्तानी छोडेपछि मिडियासँग कुरा गर्दै धोनीले दिएको यो बयान अहिले चर्चामा छ । त्यतिबेला धोनीले भारतमा फरक फरम्याटमा फरक कप्तान चल्न नसक्ने बताएका थिए । उनको यो बयानलाई सटिक भविष्यवाणी भन्दै अहिले निकै शेयर गरिएको छ ।

धोनीले त्यतिबेला पहिलेदेखि नै टेस्ट कप्तान रहेका विराट कोहलीलाई एकदिवसीय र टि–२० को पनि कप्तानी सुम्पिएपछि यसबारे कुरा गरेका थिए । उनले भनेका थिए ‘मैले बीसीसीआइलाई भनेको छु कि म कप्तानी छोड्दैछु । मेरो हिसाबले हाम्रो देशमा अलग फरम्याटमा अलग कप्तानको फर्मुलाले काम गर्दैन । मैले सुरुवातदेखि नै यही कुराको समर्थन गरेको छु । पहिले मैले टस्ट फरम्याट छोड्दै थिएँ त्यसैले टेस्टको कप्तानी गर्न सक्ने अवस्था थिएन । तर। मेरो दिमागमा थियो कि विराट पहिले सेटल होउन् त्यसपछि सही समयमा मैले एकदिवसीय र टि–२० को कप्तानी पनि छोडिदिन्छु । मलाई लाग्छ यही विराटलाई सबै जिम्मेवारी दिने सही समय हो ।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो