इराकमा सोनाम र ग्याल्पो ल्होसारको संयुक्त सांस्कृतिक कार्यक्रम

डिसी नेपाल
२ माघ २०७८ २३:५६

कुर्दिस्तान । इराकको कुर्दिस्तानमा गठित गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा प्रथम पटक बौद्ध धर्मावलम्बीहरुको महान पर्व सोनाम र ग्याल्पो ल्होसारलाई समेटिने संयुक्त सांस्कृतिक कार्यक्रम गरी मनाइने भएको छ ।

फेब्रुअरी १८ तारिकमा ‘जहाँ जाउ, जता जाउ, नबिर्सनु आफ्नो धर्म, आफ्नो संस्कृति, आफ्नो देश, आफ्नो भेष’ भन्ने नाराका साथ सांस्कृतिक कार्यक्रम होली नवरोज हलमा मनाईने भएको हो।

सोनाम ल्होसार र ग्याल्पो ल्होसार छुट्टै मनाउन कार्य व्यस्तताले गर्दा र समय नमिल्ने भएकोले दुवै ल्होसारलाई समेट्ने गरी संयुक्त रुपमा ल्होसार मनाउने र शुभकामना आदानप्रदान गर्ने साथै मनोरञ्जन गर्न कार्यक्रमको आयोजना गरिएको संस्थाको उपाध्यक्ष मेघराज लामाले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *