मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

डिसी नेपाल
३ माघ २०७८ १०:४६

वीरेन्द्रनगर।  वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु भएको छ।  मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेल रहेका छन्।

सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उनले बताए ।

मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतका भाई काशीराम सापकोटाले बताए । “शव अहिले प्रदेश अस्पतालको शव गृहमा छ”, उनले भने, “प्रहरी प्रशासनले उचित क्षतिपूर्ति र दोषीलाई कारबाही नगरेसम्म हामी बुझ्दैनौँ ।”

प्रहरी निरीक्षक शाहीले मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत दौलतपुरका करिब २५ वर्षीय नवराज सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार पीडित पक्षका आफन्तसँग छलफल भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *