लेवान्डोस्कीलाई लगातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडी अवार्ड
काठमाडौं। बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्। सोमबार राति ज्युरिचमा लेवान्डोस्कीले लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पारेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए।
सन् २०२१ मा लेवान्डोवस्कीले सबै खाले प्रतियोगितामा गरि ४७ खेलमा ५८ गोल गरेका थिए। लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्र्तिमान समेत तोडेका थिए । मुलरको नाममा ४१ गोल थियो ।लेवान्डोस्कीले ४३ गोलका साथ मुलरको सो कीर्तिमान तोडेका हुन्।
यस सिजन लेवान्डोवस्कीले २७ खेलमा ३४ गोल गरिसकेका छन् । त्यस क्रममा उनले च्याम्पियन्स लिगको समूह चरणमा नौ गोल गरेका छन् ।
‘धेरै-धेरै धन्यवाद । म यो अवार्ड जित्दा ज्यादै हर्षित छु । म यो अवार्ड मेरो टोली सहयात्री र प्रशिक्षकलाई समपर्ण गर्न चाहन्छु । मैले कहिले पनि मुलरको कीर्तिमान तोड्छु होला भनेर कल्पना समेत गरेको थिएन ।
केही वर्ष अघिसम्म मलाई यो असम्भव लाग्थ्यो । अहिले मुलर हामीमाझ छैनन् । मैले उनको कीर्तिमान तोडे । उनलाई धन्यवाद भन्न चाहन्छु । उनको प्रेरणामा मैले राम्रो प्रदर्शन गरे,’ लेवान्डोस्कीले भनेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment