आइपिएलमा नयाँ थपिएको टिम लखनउको कप्तान केएल राहुल, अन्य २ खेलाडी पनि अनुबन्ध

डिसी नेपाल
४ माघ २०७८ १६:२१

काठमाडौं। इण्डियन प्रिमियर लिगमा यस वर्ष थपिएको नयाँ टिम लखनउको कप्तान केएल राहुल हुने भएका छन् । गत सिजन राहुल पंजाब किंग्सका कप्तान थिए । लखनउले केएल राहुलसँगै अस्ट्रेलियाली अलराउण्डर मार्कुस स्टोइनिस र भारतीय बलर रवि विश्नोइलाई अनुबन्ध गरेको छ । अब अहमदाबाद फ्रेन्चाइजीले पनि ३ खेलाडी अनुबन्ध गरेपछि बाँकी खेलाडीहरुको लागि मेगा अक्सन हुनेछ । मेगा अक्सन १२ र १३ फेब्रुअरीमा बैंगलुरुमा हुँदैछ ।

इएसपिएस क्रिकइन्फोका अनुसार विकेटकिपर ब्याटर राहुललाई लखनउले नम्बर १ खेलाडीको रुपमा अनुबन्ध गरेको छ । नियमअनुसार उनले १५ करोड रुपैयाँ पारिश्रमिक पाउनेछन् । नम्बर २ खेलाडीको रुपमा अनुबनिधत अस्ट्रेलियाली अलराउण्डर मार्कुस स्टोइनिसले ११ करोड रुपैयाँ पाउनेछन् । राष्ट्रिय टिममा अवसर नपाएका रवि विश्नोइ अनक्याप्ड खेलाडीको रुपमा अनुबन्धित भएका छन् । उनले ४ करोड पाउनेछन् । ३ खेलाडीमा ३० करोड खर्च गरेको लखनउ मेगा अक्सनमा बाँकी रहेको ६० करोड रुपैयाँ खर्च गर्न पाउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *