चेल्सीको उपाधि यात्रामा ब्राइटन बाधक
काठमाडौं। ब्राइटनसँग मंगलबार राति १–१गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ। सिजनको सुरुआतमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरुमा लय गुमाउँदै उपाधिबाट टाढा रहँदै गएको छ।
गएराति भ्रमणकारी टोलीमाथि ब्राईटन बाधक बन्यो। अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा अग्रता भने चेल्सीले लियो। २८औं मिनेटमा हाकीम जियेचले गोल गर्दै भ्रमणकारी टोली चेल्सीलाई अग्रता दिलाए । उनले कान्तेको पास सदुपयोग गरेका थिए।
तर ६०औं मिनेटमै एडम वेवस्टेरले गोल गर्दै खेल बराबरी स्थितीमा ल्याए। बाँकी समय गोल नहुँदा चेल्सी अंक बाढ्न बाध्य भयो। नतिजासँगै चेल्सी २३ खेलबाट ४४ अंक सहित तेस्रो स्थानमा छ । जुन शीर्षस्थानको म्यानचेष्टर सिटीभन्दा १२ अंकले पछि हो। दोस्रो स्थानको लिभरपुल एक अंकले माथि रहेको छ। तर लिभरपुलले दुई खेल कम खेलेको छ । यता, ब्राईटन भने २१ खेलबाट २९ अंक सहित नवौं स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment