युभेन्ट्सको सहज जित

डिसी नेपाल
५ माघ २०७८ ८:०२

काठमाडौं। सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ। मंगलबार राति टुरिन स्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४-१ अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेकाे हाे।

घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे। भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरे ।

खेलको २५औं मिनेटमा जुआनले सुरुआती अग्रता दिलाए। रुगानीले ५२औं मिनेटमा अग्रता २-० को बनाए। तर कोन्टीले गोल गर्दै दूरी २-१ मा झारे । तर स्टार खेलाडी डिबलाले ६७औं मिनेटमा गोल गर्दै सहज जिततर्फ डाेर्‍याए। पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै ७७ मिनेटमा चौथो गोल गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *