भिजिट भिसामा युएइ गएर काम गर्नेलाई ३ महिना जेल र ३ लाख रुपैयाँ जरिवाना

डिसी नेपाल
५ माघ २०७८ ११:५८

काठमाडौं। के तपाइँ भिजिट भिसामा युएइ जाने र त्यहाँ गएर काम गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सचेत बन्नुस् । कामको अनुमति नलिइ भिजिट भिसामा युएइ गएर काम गर्नेलाई ३ महिना जेल र १० हजार दिराम जरिवाना हुनेछ । युएइमा बिना ‘वर्क परमिट’ काम गर्नु त्यहाँको श्रम कानुनको गम्भीर उल्लंघन हो ।

गल्फ न्यूजमा प्रकाशित एक समाचार अनुसार दुबइ सार्वजनिक अभियोजनले जनवरी १२ मा ट्वीटरमा पोस्ट गरेको एक सूचनामा आवश्यक वर्क परमिट नलिइ काम गरिरहेकाहरुलाई चेतावनी दिँदै यसरी अनुमति नलिइ काम गर्नेहरुले ३ महिना जेल र १० हजार दिराम जरिवानाको सजाय पाउन सक्ने बताएको छ ।

पोस्ट गरिएको सूचनामा भनएको छ ‘देशमा भिजिट भिसामा प्रवेश गरेका र यो देशभित्र काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनुपर्नेछ । यदि यसो नगरेमा उसलाई ३ महिनामा नबढ्ने गरी जेल सजाय वा १० हजार दिराममा नबढ्ने गरी जरिवाना वा दुवै सजाय समेत हुन सक्छ । यसबाहेक अदालतले देशनिकालाको आदेश पनि दिन सक्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *