व्यंग्य : तानेको लहरो, गर्जेको पहरो

डिसी नेपाल
९ माघ २०७८ ६:३४

संसारमा भएका नेताहरु मध्ये स्वघोषित रुपमा सबैभन्दा जान्ने, खासगरी छिमेकीहरुलाई मौखिक रुपमा आफ्नै सहोदर दाजुभाइ ठान्ने, छिमेकमा भएका राम्रा ठूला असल प्रख्यात लाभदायक चिजहरु जतिलाई आफ्नै बपौती मान्ने, सारा संसारले बिरोध गर्दापनि आफूलाई मन लागेको छिमेकीको महत्वपूर्ण जमिन सम्पदा वा अरु कुनैपनि बस्तुलाई अनुरोध सम्पर्क सोधपुछ जानकारी छलफल कुटनैतिक वा अरु कुनैपनि तरिकाको प्रकृया पूरा गर्ने त कुरै छोडौँ केही नगरि जबरजस्ती आफ्नोतिर तान्ने र मर्का पर्ने छिमेकीले जानकारीसम्म मात्रै मागेपनि अत्यन्त गैर जिम्मेवार र आफ्नो आकार प्रकारले गर्नै र भन्नै नसुहाउने लाजमर्दो विज्ञप्तिको झटारो हान्ने दक्षिणी छिमेकका सरकार प्रधानको बोली र ब्यबहार देख्दा सबैजना अलमलिएका देखिन्छन्।

छिमेकी राष्ट्रका राम्रा चिजजति सबै उनैलाई नभइ नहुने र छिमेकीको हित बाहेक मेरो अरु कुनै स्वार्थ छैन भन्न पटकपटक त्यही देशमा नगइ पनि नहुने। मुखले जति राम्रो कुरा गर्यो ब्यबहार ठ्याक्कै उल्टो गर्नुलाई नै आफ्नो सुल्टो काम भनेर संसार हल्लिने र उनका चिप्ला कुरा सुनेर दंग पर्नेहरु आफ्नै कानमा बिश्वास नभएर छोटै समयमा डल्लिने अबस्था धेरै चोटी भइसकेको अनि सुरुमा उनिप्रति जागेको श्रद्धा र बिश्वास सबैको मनबाट निकै टाढा गइसकेको हो कि जस्तो छ।

पहिलो चोटी सरकार प्रधान भएपछि यता आएका र सुरक्षाकोसमेत परवाह नगरी गाडीबाट झरेर फुटपाथमा उभिएकाहरुलाई भेटेर वाहवाही पाएका अनि संसदमा ज्यादै मिठो बोलेर शब्दै पिच्छे तालीको गडगडाहट खाएका यिनले भूकम्पले थिलथिलो भएर ठूलो सहयोग चाहिने बेलामा नाकाबन्दी लगाएर र मुखैमा झुन्डिएको रोटिबेटीको सम्बन्धलाई कोसौँ टाढा भगाएर अनि आफ्नो असली चतुरे चरित्रलाई मजाले जगाएर आत्मनिर्भर हुनपर्ने सन्देश दिएर ठूलो गुन लगाए।

अन्तर्राष्ट्रिय सीमा सम्बन्धि अन्तर्राष्ट्रिय नियम कानुन मिच्न,आफ्ना छिमेकीलाई मुढेबलले थिच्न र सबै नियम कानुन परम्परा बिधि पद्धति सन्धि सम्झौता लाई ह्याकुलाले किच्न सधैं आतुर भएर छिमेकीहरुलाई आफ्नो सीमा रक्षामा सधैं सजग सचेत र गम्भिर भएर रहन पर्छ भन्ने सन्देश दिनदिनै पठाएर यिनले आफ्ना सबैजसो छिमेकीहरुलाई ठूलो सहयोग पुर्याइ रहेका छन्। उनले गौतम बुद्ध आफ्नै देशमा जन्मेका हुन् भनेर संसारका ठूलाठूला फोरमहरुमा बोल्ने र सीमा नजिकका लाभदाय चिजहरु हाम्रै हुन् भनेर मनसाय खोल्ने गर्दै आएका देखिन्छन्।

पुरानो प्रजातान्त्रिक र सरकारको नेतृत्व गरिरहेको दलका नव निर्बाचित दुई जल्दाबल्दा महामन्त्रीहरुले यसो नगरिदिएको भए हुन्थ्यो, उसो भए अब चिसै पानीले नुहाउन पर्ला र यति गरेपछि समस्या आफैं टर्ला अनि जनताबाट आफ्ना लागि भोट झर्ला भन्ने किसिमको ज्यादै साहसिक विज्ञप्ति निकालेको थाहा पाएपछि उताका सरकार प्रधानपनि थर्के कि क्या हो जस्तो सबैलाई लागिरहेको छ।

यिनको सबैभन्दा ठूलो सहयोग भने दार्चुला जिल्लाको कालापानी लिपुलेक लिम्पियाधुराबाट मानसरोबर जाने सडक बनाउनु र यसलाई ज्यादै ठूलो उपलब्धि भनेर चुनावी र्यालीमा जनाउनु हो। छिमेकीको जग्गा राम्रो लाग्यो फाइदाजनक लाग्यो भनेर त्यसमा जबरजस्ती घर बनाउनु र यो सडक बनाउनु उस्तैउस्तै हो। हुनत यो सडक बन्न थालेको एक दशक भन्दा बढी भइसकेको र यो निकै टाढासम्म गइसकेको भएपनि यताका शासकहरुले चाल पाएको अनि उनीहरुको जानकारीमा आएको दुई तीन बर्षमात्रै भएजस्तो बुझिन्छ।

बालकोटे कामरेडले पहिले नक्शाबाट हराएको र निकै सरकारहरु नक्शामा राख्न डराएको आफ्नो अभिन्न यो भूभागसमेत राखेर चुच्चे नक्शा भित्तामा टाँगेपछि जमिन आपैm कब्जा भए सरह ठानेर बिभिन्न तरहका भाषण गर्दै हिँडे। त्यसबेलाकी भूमिसुधार मन्त्रीले आफ्नो कार्यकक्षको भित्तामा झुण्ड्याइएको चुच्चे नक्शा भब्य अनावरण गरिन् र आफैंद्वारा बोलाइएको क्यामेराको अगाडि उभिएर दंग परिन् अनि यो भन्दा ठूलो र साहसिक काम त अर्को हुनै सक्दैन भन्नपनि अघि सरिन्।

त्यो भब्य अनावरणमा उपस्थित हुनेमा उनकै मन्त्रालयका सचिब र उनका निजी सचिबमात्रै देखिएपनि दुबैजनाले निकै जोडजोडले थपडी बजाएका आफ्नै झोले पत्रकार हो कि क्यामेराम्यानको कारणले सबैले टिभीमा देख्न पाएका थिए। यसरी चुच्चे नक्शा जारी गर्नु नै बालकोटे कामरेडलाई भारी परेर यही बिन्दुबाट एकीकृत दलमा खिचलो आउन थालेको र यही पृष्ठभूमिको आधारमा अदालतमार्फत सरकारलाई नै फालेको भन्ने हल्ला सही हो कि जस्तो लागेपनि जनताको बिश्वास देखिँदैन।

त्यहाँ भइरहेको सडक निर्माणको जनस्तरमा निकै बिरोध भएपनि असल छिमेकीको नाताले सरकारले कुटनैतिक नोट पठाएर बिरोध गर्नसम्मपनि मनासिब नेदेख्नु र बिरोधमा एक शब्दपनि नलेख्नु छिमेकीलाई राम्रो सहयोग हो। यसलाई साबिक अनुसार कायम राख्नैपर्छ र यसबापत उताको दयामायाको सद्भाव चाख्नैपर्छ भन्ने शिर्ष भनिनेहरुको बिचारलाई सबैले समर्थन गरेकै राम्रो।

कसैले समर्थन गरेपनि वा नगरेपनि वहाँहरुलाई कुनै फरक नपरेको हरक त उहाँहरुको बोली ब्यबहार र गतिबिधिले प्रष्ट पारेकै हुनाले यत्तिकै आधारमा भ्रष्ट भन्न र त्यही आधारमा गन्नपनि मिल्दैन होला।

उतैको नोटले चुनाव जित्न पर्ने, उतैको नोटले समयसमयमा शक्ति हत्याउन पर्ने, उतैको नोटको बलमा जनयुद्ध नाम दिएर धनयुद्ध सञ्चालन गर्न पर्ने, उतैको नोटबाट शिर्ष राजनीतिज्ञहरु, अन्य नेता कार्यकर्ताहरु, उच्च पदस्थ ब्यक्तिहरु, ठूला सञ्चार ब्यबसायीहरु, अदालत, बुद्धिजिबी भनिएकाहरु आदि सबै पालिने हुनाले त्यताको कुनैपनि कदमको बिरुद्धमा कदम चालिने सम्भाबना कसैले नदेख्नु स्वाभाबिकै हो।

बिना कामको कुटनैतिक नोट पठाएर भारु वा डलरमा प्राप्त हुने असली नोट गुमाउनुलाई कसैलेपनि बुद्धिमानी मान्न र सहि कार्य ठान्न मिल्दैन। उताको हण्डिमा धनयुद्ध चलाउनेहरुलाई त उताबाट यसो औँला ठडिएपछि दिमागमा त्यसै ठण्डी महसुस नगरे ठूलै डण्डी भेटिएला र चुनावमा पाइने सहयोग पनि रेटिएला भन्ने डर।

कुनै जमानामा सुरुङ युद्धको काल्पनिक हावादारी र बकमफुसे गफ हाँकेर हिँडेका र उतैको इशारामा आफ्नै दाजुभाइलाई गिँडेका महान कामरेडहरुले त्यसको डिजाइन गर्नपनि साउथ ब्लककै बिशेषज्ञहरुलाई दिएका थिए होलान्। त्यसै भएर होला उहाँहरुको त यसमा बाक्य फुटेको नसुनिएको देख्दा उतातिरको घनिष्ट सम्बन्ध अझै टुटेको रहेनछ भनेर जनता खुसी भएका छन्।

यति हुँदाहुँदैपनि पुरानो प्रजातान्त्रिक र सरकारको नेतृत्व गरिरहेको दलका नव निर्बाचित दुई जल्दाबल्दा महामन्त्रीहरुले यसो नगरिदिएको भए हुन्थ्यो, उसो भए अब चिसै पानीले नुहाउन पर्ला र यति गरेपछि समस्या आफैं टर्ला अनि जनताबाट आफ्ना लागि भोट झर्ला भन्ने किसिमको ज्यादै साहसिक विज्ञप्ति निकालेको थाहा पाएपछि उताका सरकार प्रधानपनि थर्के कि क्या हो जस्तो सबैलाई लागिरहेको छ।

यता सिधासाधा जनताको अगाडि बोल्दा निकै चर्केको देखिएकोमा उता लेख्दा निकै थर्केको भन्नपनि मिलेन। जे भएपनि यत्तिको कामलाई निकै साहसिक कामको रुपमा मूल्यांकन गरेर कदर गरिदिएपछि उताको सहयोग सदर हुनेमा ढुक्क हुन सकिन्छ होला।

यता जतिसुकै चर्को स्वरमा झर्कोफर्को गरेपनि यता टिक्नको लागि उता लाग्ने लर्को निकै भित्रसम्म पसेको र त्यस्ता सबैको दिमागमा राम्ररी बसेको हुनाले उताकाले मजाले मुठ्ठीमा कसेको छ भन्ने जनतालाई पटक्कै बिश्वास लागेको छैन।कुरा मिलाउन जान्नेहरु अहिलेसम्म उतैबाट पालिएका र कुरा मिलाउन नसक्नेहरु उठ्नै नसक्ने गरी फालिएका छन् रे भन्ने हल्ला बेलाबेलामा सुनेपनि जनताले भने अहिलेसम्म पत्याएका छैनन्।

त्यहाँ भइरहेको सडक निर्माणको जनस्तरमा निकै बिरोध भएपनि असल छिमेकीको नाताले सरकारले कुटनैतिक नोट पठाएर बिरोध गर्नसम्मपनि मनासिब नेदेख्नु र बिरोधमा एक शब्दपनि नलेख्नु छिमेकीलाई राम्रो सहयोग हो। यसलाई साबिक अनुसार कायम राख्नैपर्छ र यसबापत उताको दयामायाको सद्भाव चाख्नैपर्छ भन्ने शिर्ष भनिनेहरुको बिचारलाई सबैले समर्थन गरेकै राम्रो।

छिमेकतिरबाट जति थिचिएपनि र जति किचिएपनि अनि जति सीमा मिचिएपनि बोल्न र त्यस बिरुद्ध मुख खोल्न आबश्यक नभएपनि यहाँ अरु केही नगरिकन एकअर्का बिरुद्ध सत्तोसराप गर्दैमा फुर्सद नभएपछि सीमातिर आँखा पुर्‍याउन समय पाइने कुरापनि आएन।

बालकोटे भर्सेस खुमलटारे र कोटेश्वरे कामरेडहरुको भद्दा गालीगलौजयुक्त दोहोरी सहितको फोहोरी भाषणहरु सुनेर उनीहरुलाई चुनेर त्यहाँ पुर्याउने जनताहरु दंग पर्दै कसले छानेको नेताले गालीद्वारा कसलाई पछार्ने अनि गालीहरुबाटै चित्त शान्ति गरेर देशको लागि ठूलै उपलब्धि लछार्ने भन्दै टिभी रेडियो र मोवाइलमा ज्यादै ध्यानपूर्बक समाचारमा अपडेट भइरहेका हुन्छन्।

यसो हेर्दा गाली बक्न र गालीबाटै एकअर्कालाई सक्न तिनैजना एउटै स्तरको देखिएको हुनाले भोट हाल्ने जनता सन्तुष्ट छन्। अब कुनै समय चुनाव भएमा त्यो बेलासम्म गाली क्षमता बढ्दै गएर उनिहरुको स्तरपनि माथिमाथि चढ्दै जाने पक्का छ। तिनैजनाबाट हुने कुनैपनि सम्बोधनमा देश र जनताको लागि कुनै योजना वा कार्यक्रमको केही कुरा नभएर मुख खोल्यो कि एकअर्कालाई पोल्यो भनेजस्तो भइरहेको छ।

एकजना बरिष्ठ लेखकलाई पाठकहरुले दिएको गाली शिरोमणिको उपाधि अबिलम्ब फिर्ता गरेर यिनै तिनजना शिर्ष महानुभावहरुलाई संयुक्त बिजेताको रुपमा त्यही उपाधि दिँदा सबैको चित्त बुभ्mनेमा कुनै शंका गरिराख्न पर्दैन भन्ने सबैको ठम्याइ देखिन्छ। स्वार्थ मिलेको अबस्थामा एकअर्काको तारिफ गर्ने मौका पाउन थुक निलेको पनि देखिएकै हो। यति धेरै दुर्गुण र कमजोरी भएका मान्छेहरु बिगतमा एउटै दलमा गाँसिएका र ज्यादै ठूलो तारिफ गरेर टाँसिएका देख्दा मैँ हुँ भन्ने कलाकारलेपनि यति राम्रो अभिनय गर्न नसक्ने देखिन्छ।

उहाँहरुको बोलीचाली र ब्यबहार देख्दा देशमा अब हाँस्य कलाकारको त कुनै काम नै छैन भनेपनि हुन्छ। अलिअलि चलेका र कोभिडले आर्थिक रुपमा गलेका अन्य कलाकारहरुलेपनि नेताहरुलाई नै गुरु थापेर उम्दा किसिमको कलाकारिता सिक्ने अनि भबिष्यमा उहाँहरु जस्तै देश बिदेशमा समेत राम्रो मोलमा बिक्ने अबसर चुकाउन ढिला नगर्दै राम्रो होला।

आफूले जस्तो गरेको छ र जसरी सबैतिर चरेको छ तलकालेपनि सिक्ने वा गर्ने त्यही हो। पहिले एउटै ठूलो दलमा बसेर एकअर्कालाई चाटाचाट गरेर हिँडेका दुई मन्त्रीहरुले अहिले दल परिबर्तन हुनासाथ एकअर्कालाई काटाकाट गर्न खोजेको रमिता देखेर भोट हाल्ने जनताले सित्तैमा मनोरञ्जन गर्न पाइरहेका छन्।

एउटै दलमा एउटा बन मन्त्री र अर्को पर्यटन मन्त्री भएर बालकोटे कामरेडको अति भक्ति गरेर बसेका र बालकोटेको लागि ज्यान दिन समेत कम्मर कसेका दुईजना एउटा बालकोटेतिर र एउटा कोटेश्वरेतिर लागेर आरोप प्रत्यारोप गरिरहेका देख्नेहरु हाँसेर मरिरहेका छन्।

बालकोटे कामरेडको आशीर्बाद भएपछि कसैले केही लछार्न र अरुले पछार्न सक्दैन भन्ने एकिन गरेर त्यसबेला पर्यटन मन्त्री रहेका ताप्लेजुंगे कामरेडले नारायणहिटी दरबार संग्रहालयमा भब्य रेस्टुरेन्ट, पशुपति धर्मशालामा बहालवाला मन्त्रीको भनाइ अनुसार साततारे स्तरको होटल संचालन आदिको लागि कौडीको भाउमा भाडामा दिएर ठूलो दाउ पारेर स्विकृति दिएको भनेर डोटीको माननीयसमेत रहेका बर्तमान पर्यटन मन्त्रीले छापामार शैलीको निरीक्षण र कारबाही गरेर निकै हल्लाखल्ला गरेछन्।

यसको झोकमा पूर्ब मन्त्रीले हालकालाई सुदुर पश्चिमका वन तस्कर, बिमान स्थलमा सुन तस्कर, ड्यूटी फ्रिबाट प्रशस्त रक्सी बोकुवा आदि भनेछन् र एक नम्बरको भ्रष्टाचारीमा गनेछन्।

उनीपनि के कम, ताप्लेजुंगे कामरेडले खाओवादीको धनयुद्धको समयमा उत्तरी नाकाबाट हतियार तस्करी गररे सम्पत्ति कमाएको र त्यसैबाट राजधानीमा घरजग्गा आदि सबै जोडेर रमाएको भनिदिएछन्। उनको भनाइ अनुसार यो त ट्रेलर हो कि कास्टिङमात्रै हो रे वास्तबिक सिनेमा त सुरु भएकै छैन रे भनेपछि सबैजना खास सिनेमा हेर्ने प्रतिक्षामा रहेका पाइएको छ।

सत्र हजार मान्छे मारेर, सयभन्दा बढी बैंक डकैती गरेर, अमूल्य बन्यजन्तुहरुका खाग, सिंग, छाला, हड्डी र अन्य अँगहरु तस्करी गरेर, बलात्कार, मानव अधिकार उल्लंघनका अनगिन्ती घटनाहरु घटाएर, गैरन्यायिक उठ्तीपुठ्ती, घरजग्गा कब्जा, लाखौँ शहिद बिधवा र टुहुराको उत्पादन गर्नेहरु नै अहिले ढलिमली गरेर राजसी छाँटसहितको जीवन बिताइरहेका हुनाले धेरै आरोप प्रत्यारोप गर्न आँट गरेपनि सामान्य घटनाकै रुपमा जाने पक्का भएकोले कसैलाई केही धक्का लाग्ने वाला छँदैछैन।

यती ओम्नी लगायतसित गरेका सम्झौताहरुपनि छानबिनमा पर्छन् रे भनेको सुन्ने र देख्नेहरुले अहिलेका मन्त्रीलाई निकै काम गर्ने मन्त्रीको रुपमा गनेको त पाइयो उनको कामपनि पहिले पहिले भएका नौटंकी र चुनाव खर्च उठाउनको लागि बाटो खुलाएको हो कि भनेर लाटोलेपनि बुझ्ने काम त नहोला कि भन्ने सबैको सोचाइ सही भइदिएमा जनता साँच्चिकै दंग पर्ने थिए होलान्।

आरोप प्रत्यारोप बढ्दै गएमा अचानक नयाँ दलमा गएर मन्त्री पड्काउन कति खर्च गरियो र कसकसको अगाडि घोप्टो परियो भन्नेपनि खुल्ला भन्ने डरपनि हुनसक्छ। अर्कोतिर केके आश्वासन पाएर र कताकता धाएर पुरानो दलमा फर्किएको भन्नेपनि जनताले थाहा पाउलान् भन्ने डर। उहाँहरुका कुरा सुन्दा त बन तस्करी, हतियार तस्करी, सुन तस्करी, रक्सी तस्करीलगायतका क्रियाकलापमा बरिष्ठ मन्त्रीहरु नै लाग्ने र यसैबाट छोटै समयमा मजाले जाग्ने रहेछन् भनेजस्तो पो देखियो।

हुनत अदालत नै पिच्छे फौजदारी मुद्दा अहिलेपनि दर्ता भएर फैसला हुन बाँकी रहेका अभियुक्तहरु बालुवाटार, सिंहदरबार, बानेश्वरदेखि मुख्यमुख्य स्थानमा रहिसकेका र रहिरहेका हुनाले यस्ता आरोप प्रत्यारोपले कसैलाई केही त हुँदैहुँदैन।

सत्र हजार मान्छे मारेर, सयभन्दा बढी बैंक डकैती गरेर, अमूल्य बन्यजन्तुहरुका खाग, सिंग, छाला, हड्डी र अन्य अँगहरु तस्करी गरेर, बलात्कार, मानव अधिकार उल्लंघनका अनगिन्ती घटनाहरु घटाएर, गैरन्यायिक उठ्तीपुठ्ती, घरजग्गा कब्जा, अरबौँको राष्ट्रिय सम्पत्ति ध्वस्त, लाखौँ बिस्थापित, लाखौँ शहिद बिधवा र टुहुराको उत्पादन गर्नेहरु नै अहिले ढलिमली गरेर राजसी छाँटसहितको जीवन बिताइरहेका हुनाले धेरै आरोप प्रत्यारोप गर्न आँट गरेपनि सामान्य घटनाकै रुपमा जाने पक्का भएकोले कसैलाई केही धक्का लाग्ने वाला छँदैछैन।

बहालवाला र पूर्ब मन्त्रीको डायलग आदान प्रदानले तानेको लहरो गर्जेको पहरो भनेजस्तो नहोस् भन्नेमात्रै जनताको भनाइ हो बाँकी त उहाँहरु जत्तिको बिद्वान र बुद्धिमान यो जगतमा अरु कोही भएजस्तो लाग्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *