एमाले हुम्लाको जिल्ला अधिवेशन फेरि स्थगित

डिसी नेपाल
१९ माघ २०७८ ८:४३

सिमकोट। २३ माघका लागि तय भएको नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन अनिश्चित बनेको छ । एमाले हुम्लाका कार्यवहाक अध्यक्ष ज्ञामी बुमीले कोरोना भाइरसको संक्रमणका कारण अधिवेशन स्थगित गरिएको बताए ।

ुपहिले हिमपातले अधिवेशन हुन सकेन । अहिले कोरोना बढेकाले यो अवस्थामा प्रतिनिधि आउन नसक्ने भएपछि स्थगित गरिएको हो,ु उनले भने । एमाले केन्द्रीय कार्यालयले यसअघि ३ माघमा निर्देशन जारी गर्दै २३ माघका लागि अधिवेशन तय गरेको थियो । सरकारले पनि सभा सम्मेलन नगर्न निर्देशन दिइसकेको छ ।

बुमीद्वारा जारी निर्देशनमा कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर पार्टीका जिल्ला कमिटीका नेतासँग अनौपचारिक सल्लाह गरी अर्को सूचना नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित भएको उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *