जेठमा स्थानीय तहको चुनाव हुने भएपछि एमालेले डाक्यो सचिवालय बैठक

डिसी नेपाल
१९ माघ २०७८ ९:४१

काठमाडौं।आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सचिवालयको बैठक डाकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बोलाइएको बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ ।एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *