भारततर्फ तस्करी गर्न लागेको केराउसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
२५ माघ २०७८ १३:१७
108
Shares

काठमाडौं। कपिलवस्तुबाट तस्करी हुन लागेको केराउसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपालबाट भारततर्फ लैजादै गरेको ठुलो परिमाणमा केराउसहित भारतको सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई पक्राउ गरेको हो ।

कपिलवस्तुको मर्यादपुर प्रहरी चौकीबाट चेकिङमा खटिएको टोलीले नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको ट्रकलाई रोकेर चेक गर्दा ५ हजार केजी केराउ बरामद भएको हो। युपी ५५ टी २२९५ नम्बर ट्रकमा पाँच हजार केसी केराउ फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

अग्रहरीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सुठौली पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *