राप्रपाबाट अलग भएपछि कमल थापा निस्किए प्रदेश १ को भ्रमणमा

डिसी नेपाल
२८ माघ २०७८ ९:५६
100
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि नेता कमल थापा प्रदेश १ को भ्रमणमा निस्केका छन्। नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका हिन्दुवादी अगुवाहरूसँग भेटघाट गर्ने भएका छन्। सो क्रममा उनीहरूबाट थापाले राय सुझाव लिने उनीनिकट नेता राजाराम बर्तौलाले जानाकारी दिए।

प्रदेश १ पछि थापाले अन्य प्रदेशको भ्रमण गर्नेछन्। राप्रपाका नेता कार्यकर्तासँगै सेवा निवृत्त सुरक्षाकर्मीदेखि राष्ट्रसेवकहरूलाई दर्ता गर्न लागेको पार्टीमा समाहित गर्ने उनको चाहना छ।

महाराजगन्जको एउटा होटलमा बिहीबार थापा समर्थित नेताहरू सम्मिलित बैठकले उनलाई नै पार्टी दर्ता प्रक्रियाको काम गर्ने जिम्मेवारी दिएको छ । जिम्मेवारी पाए लगत्तै थापा राय सुझावका लागि भन्दै प्रदेशस्तरमा समर्थितहरूसँगको भेटघाटमा निस्केका हुन्।

मंगलबार थापाले राप्रपाबाट अगल भएको घोषणा गरेका थिए। उनको टकराव पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनभन्दा पनि पूर्वराजा ज्ञानेन्द्रसँग थियो। पूर्वराजाले हालै सम्पन्न पार्टी महाधिवेशनमा ठाडो हस्तक्षेप गर्दा पराजित हुनुपरेको थापाको गम्भीर आरोप छ। यससँगै संवैधानिक राजसंस्थाको एजेण्डाबाट थापा पछाडि हटेका छन्। तर, पूर्ववत् हिन्दुत्वको एजेण्डालाई भने अंगिकार गर्ने भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *