एमसीसीबारे संसदमा छलफल गर्नुपर्छः कांग्रेस प्रवक्ता महत

डिसी नेपाल
२८ माघ २०७८ १४:४४
32
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे संसदमा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो धारणा राखेका हुन्।

परियोजनामा त्रुटि भए संसदबाटै जनतालाई बुझाउनुपर्ने उनले बताए । सभामुखले एमसीसीसम्बन्धी प्रस्ताव बहाना नबनाइ अघि बढाउनुपर्नेमा उनले जोड दिए । एमसीसीबारे अनर्गल प्रचार गरेर भ्रम छर्ने काम भएको उनको भनाइ छ।

‘सत्यको मुख बन्द भयो भने झुटोको मुख चल्छ। एमसीसीबारे त्यस्तै भएको छ। अब, एमसीसीबारे वहस गर्नुपर्ने ठाउँमा हुन सकेको छैन । झुटो प्रचारले जनतामा भ्रम छरिएको छ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *