मेलरुखमा भेटिएको सकेट बम नेपाली सेनाद्वारा डिस्पोज

डिसी नेपाल
२८ माघ २०७८ १८:२१

सिमकोट । खार्पुनाथ गाउँपालिका ४ को लेखगाउँ जानेबाटो नजिक रहेको मेलरुखमा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

गत शुक्रबार दिउँसो १२ बजे खार्पुनाथ गाउँपालिका ४ लेख गाउँका स्थानीय सिन्दान्ता जेठाराले बाटोमा हिँड्ने क्रममा बम फेला पारेका थिए ।

स्थानीय जेठाराले बम फेला पारे लगत्तै प्रहरी चौकी यांचुलाई खबर गरेका थिए । खार्पुनाथ गाउँपालिकामा रहेको प्रहरी चौकी याँचुले खबर पाए लगत्तै प्रहरी सहायक निरीक्षक जगदीश भण्डारीको नेतृत्वमा प्रहरी टोली खटाएको थियो ।

प्रहरी सहायक निरीक्षक भण्डारी नेतृत्वको टोलिले सकेट बम रहेको र बम पुरानो खिया लागेको प्रमाणित गरेको थियो । त्यस लगत्तै बम डिस्पोजलका लागि बरादल गुल्म रानावनबाट सेनानी गणेश खड्काको नेतृत्वको टोलीले बम डिस्पोज गरेको सहायक प्रमुख जिल्ला अधिकारी दशरत राईले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *