कोलोराडोमा नेपाली संस्कृति प्रवर्द्धन गर्न योमरी मयजुको प्रचार प्रसार कार्यक्रम
कोलोराडो । अमेरिकाको कोलोराडो डेनभरस्थित नेपालीहरुबीच योमरी मयजुको सांस्कृतिक प्रस्तुति प्रदर्शन भएको छ । सो कार्यक्रममा योमरीको इतिहास, योमरी बनाउने तरिका, योमरीको सांस्कृतिक र सामाजिक महत्वका बारेमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठ बताएकी थिइन्। यस्तै कार्यक्रममा नेपाली खानपानमा पञ्च तत्वको महत्वको बारे बिनिशा श्रेष्ठले प्रकाश पारेकी थिइन ।

मौलिक नेपाली गीत संगीतको प्रस्तुति उक्त कार्यक्रममा नेपाली शैलीमा जन्मोत्सव मनाइने प्रक्रियाको पनि प्रदर्शन गरिएको थियो। भने कार्यक्रममा मौलिक नेपाली गीत संगीतको पनि प्रस्तुति रहेको थियो।

साथै नेपाली हस्तकलाका सामान तथा नेपाली पोशाकहरु प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको थियो।

आफ्नो कला र संस्कृति जोगाउने उद्देश्यले योमरी मय्जुको शुभारम्भ गरिएको हो । र विशेष अमेरिकामा पनि नेपालीहरुको उल्लेखनीय संख्या रहेकोले डेनभरबाट शुभारम्भ भएको हो।



के हो योमरी?
भौतिक रूपमा वर्णन गर्दा, चामलको पिठो मुछेर चोसिलो खोक्रो अण्डाकार बनाई त्यसभित्र चाकु र तिलको मिश्रण राखी बफ्याएर योमरी बनाइन्छ । सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले हेर्दा, यसभित्र सिंगो नेवार समुदायको सभ्यता र संस्कृति समेटिएको मान्न सकिन्छ ।
यसैले नेवार समाजले योमरीलाई जीवनको अभिन्न अंगका रूपमा प्रतिस्थापन गरेको छ । यसलाई मानसपटलबाट विमुख गर्न नसकिएकै कारण मंसिर पूर्णिमा अर्थात् धान्यपूर्णिमालाई समेत स्थानीयकरण गरी योमरी पूर्णिमाको रूपमा नामाकरण गरिएको छ । सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले महत्त्वपूर्ण मानिने योमरी सिंगो नेवार समुदायको सभ्यता र संस्कृतिको परिकार हो ।
नेवार भाषमा योमरी को अर्थ मनपर्ने रोटी हो भने यसले समग्र नेवार समुदायको संस्कृतिलाई झल्काउने गर्छ । योमरीलाई काठमाडौं उपत्यकाको खाद्य पदार्थका रूपमा सीमित गरे पनि विस्तारै यसको महत्वलाई बढाउने उनीहरूको उद्देश्य छ । विशेष गरी ठूला उत्सवमा योमरीको माला लगाउने र पुष्पवृष्टिको सट्टा योमरी वृष्टि गराउने पनि गरिन्छ ।
नेवार समाजको अभिन्न अंग, यःमरीको धार्मिक एवं सांस्कृतिक महत्त्व छ । पूजापर्वदेखि जीवन संस्कारमा समेत उपयोगमा ल्याइने मनपर्ने रोटी योमरी निकै मिठो र स्वस्थ्यवर्द्धक हुन्छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment