एनआरएनए जापानले नेपाली राजदूताबासमा बुझायो कार्य प्रगति, जुलाइमा नेपाल फेस्टिबल गर्ने तयारी

डिसी नेपाल
११ फागुन २०७८ १०:४०

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानले नेपाली राजदूताबास जापानलाई आफुले गरेका कार्य प्रगति बुझाएको छ। साथै, जापानमा व्यवसायी गरेर बसेका नेपाली र अन्य नेपालीहरुलाई कोरोना महामारीबीच पर्न गएको समस्या बारे छलफल गरेको छ ।

टोकियोस्थित नेपाली राजदूताबास कार्यालयमा आयोजित छ्लफल कार्यक्रममा दूतावासको तर्फबाट अम्बिका प्रसाद जोसी र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष शिब प्रसाद पौडेल लगाएत सहभागी भएका थिए ।

सोमबार भएको छ्लफलमा एनआरएनएले गरेका सामाजिक कामको कार्य प्रगतिका साथै भावी योजनाको बारेमा दूतावासलाई जानकारी गराइएको छ । जसअनुसार, जापानमा पछिल्लो समय कोरोनाको कारण नेपालीहरुलाई पर्न गएको समस्या, नेपाली विद्यार्थीहरुको समस्या, बढ्दो आत्महत्याको रोकथाम, नेपालीहरुको बसाई, बालबालिकाहरुको शिक्षासम्बन्धी चुनौती/अवसर र जापानमा नेपालीहरुलाइ परेको समस्यामा केही मलम लगाउन सफल भएका छन्।

नेपाली राजदूताबास जापानसँग जापानमा बसोबास गरेका नेपाली नागरिकको लागि गरेको कार्य र नेपालमा सामाजिक काममा गरेको सहयोगलगायतका बिषयमा छलफल भएको एनआरएनए प्रवक्ता सुवास लामिछानेले बताएका छन् ।

उक्त छ्लफलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुलाइ महिनाको अन्तिम साता जापानमा गर्न लागेको नेपाली फेस्टिबलको बारेमा समेत जानकारी गरायो । हाल नेपाली फेस्टिबल कुन स्थानमा गर्ने भन्ने कुराको निर्णय नभएको तर उपयुक्त ठाउँको खोजी हुँदै गरेको जानकारी दिइएको छ। दूतावासले गैरआवासीय संघ (एन आरएनए )ले गर्ने हरेक काम प्रति सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

साथै, गैरआवासीय नेपाली संघका  अध्यक्ष शिब प्रसाद पौडेलले मार्च ५ तारिकमा गर्न लागेको गैरआवासीय नेपाली संघको क्षेत्रीय भेलामा उपस्थित भइदिन समेत आग्रह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *