राष्ट्रसंघमा लगेको युक्रेन सम्बन्धि प्रस्तावमा रुसद्वारा भिटो प्रयोगः मतदानमा चीन, भारत र युएई सहभागी भएनन्
काठमाडौं। पश्चिमी देशहरुले शुक्रबार राति संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको छ। रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको निन्दा गर्ने प्रस्ताव पश्चिमी देशहरुले सुरक्षा परिषदमा लगेका थिए । उक्त प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने विषयमा रुसले भिटो प्रयोग गरेको हो।
रुसले भिटो प्रयोग गरेसँगै अब सुरक्षा परिषदमा उक्त प्रस्ताव माथि छलफल हुनेछैन। राष्ट्रसंघको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ। अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघका स्थायी सदस्य हुन्।
शुक्रबार राती नै सुरक्षा परिषद्का सदस्यहरुबीच प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो। मतदानमा चीन, भारत र युनाइटेड अरब इमिरेट्स (युएई) अनुपस्थित रहेका थिए। बाँकी ११ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए। मस्यौदामाथि अब राष्ट्रसंघका १९३ सदस्य रहेको महाशभामा जाने बताइएको छ।
प्रस्तवामा सुरक्षा परिषदको गैरजिम्मेवार सदस्यले छिमेकी युक्रेनमाथि आक्रमण गरेको, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय प्रणाली बिगार्ने, शत्तिको दुरुपयोग गर्ने जस्ता आरोप रुसमाथि लगाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment