युद्धमा रूसका सबैभन्दा महत्वपूर्ण सुन्दरी एजेन्टहरू, जसले दुश्मनलाई ‘घरमा घुसेर मार्छन्’
काठमाडौं। रुस युक्रेनको राजधानी किभमा पुगिसकेको छ । चौतर्फी विरोधको बेवास्ता गर्दै रुसले युक्रेनमाथि आक्रमण गर्यो र नेटो देशहरु अहिलेसम्म हेरेरै बसेका छन् । यो आक्रमणबाट प्रस्ट भएको छ कि रुस केवल हतियार र सैनिकको बलमा युक्रेनमा घुसेको होइन । रुससँग राम्रो खुफिया जानकारी पनि थियो । अहिलेको रुस बन्नुभन्दा पहिले त्यतिबेलाको सोभियत युनियन पनि दुश्मनविरुद्ध यही रणनीति अपनाउँथ्यो । रुसको खुफिया अभियानमा सुन्दर महिला जासुसहरुको भूमिका निकै अहम छ ।
अहिले जारी रुस युक्रेन युद्धमा जासुसको भूमिका निकै अहम छ । पूर्वी सोभियत क्षेत्रमा जासुसको भूमिका कति महत्वपूर्ण छ भन्ने यो कुराबाट पनि बुट्टन सकिन्छ कि अहिलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि पहिले जासुस थिए । उनी रुसको प्रसिद्ध खुफिया एजेन्सी केजीबीका एजेन्ट थिए । जब पुटिन पहिलो पटक रुसका राष्ट्रपति बनेका थिए त्यतिबेला उनको टिममा धेरैजसो पूर्व जासुस नै थिए ।
रुसी जारशाहीदेखि, सोभियत संघ र अहिलेको रुसमा जासुसको महत्व कहिल्यै कम भएन । जारदेखि सोभियत रुस शासनकालमा यी जासुसहरुको प्रयोग आफ्ना दुश्मनहरुलाई मार्नको लागि गरिन्थ्यो । पुटिनमाथि पनि जासुसले जस्तै काम गरेको आरोप लाग्ने गरेको छ । उनका राजनीतिक विरोधीहरुको रहस्यमय परिस्थितिमा मृत्यु हुने गरेको छ । विरोधीहरुले यसको पछाडि पुटिन र उनको खुफिया टिमको हात रहेको मान्छन् ।
रुसका लेडी जासुसहरुमा उर्सुला कुनिन्स्कीको नाम सबैभन्दा पहिले आउँछ । उनी सोभियत संघको रेड आर्मीमा कर्नेल थिइन् । उनलाई बेलायतको जासुसी गर्न लण्डन पठाइयो । त्यहाँ उनी मिसेज बर्टनको नाममा एक गृहिणी बनेर बस्न थालिन् । बेलायतमा बसेर उनले त्यहीँ बिहे गरिन् र उनका सन्तान पनि भए । बम बनाउनेदेखि खुफिया रेडियो ट्रान्समिशनमा दक्ष उर्सुला १० वर्षसम्म बेलायतमा बसेर जासुसी गरिन् ।
उनी मूल रुपले जर्मनजीकी एक यहुदी महिला थिइन् । उनले हिटलरलाई यति घृणा गर्थिन् कि हिटलरलाई मार्ने योजना समेत बनाएकी थिइन् । उर्सुलाको बारेमा किताब लेख्नेहरुको दावीअनुसार उनी जासुसी गर्नको लागि शारीरिक सम्बन्धलाई पनि हतियार बनाउँथिन् ।
रुसी जार शासक निकोलस द्वितीयकी मन पर्ने गायिका नादेज्दा प्लेभित्स्का जारशाही सकिएपछि सोभियत संघकी जासुस बनिन् । १९१७ मा रुसी क्रान्तिपछि जारशाही अन्त्य भएपछि उनलाई निर्वासित गरिएको थियो । तर, उनी आफ्ना पति जनरल निकोलाइ स्कोबलिनको साथमा स्वदेश फर्केकी थिइन् । त्यसपछि उनलाई सोभियत संघको खुफिया एजेन्सीमा भर्ती गरियो ।
नादेज्दाले पतिसँग मिलेर संसारभर कैयौं खतरनाक मिशन पूरा गरिन् । १९३७ मा पेरिसमा नादेज्दालाई जासुसी गरिरहेको अवस्थामा फ्रेन्च पुलिसले पक्राउ गर्यो । जासुसीको आरोपमा उनलाई २० वर्षको कठोर सजाय भएको थियो । फ्रान्सको जेलमै १ अक्टोबर १९४० मा उनको मृत्यु भयो ।
अर्की जासुस ओल्गा रेजभिनालाई एलेना फरारीको नामबाट चिनिन्छ । उनले सायित्यिक गतिविधिका साथै सोभियत खुफिया एजेन्सीको लागि काम गरिन् । उनी कवियित्री थिइन् र उनका कपिता सोभियत संघ र इटलीमा प्रकाशित भए । उनले लेखेका गद्य तथा कथाहरुको विश्वप्रसिद्ध लेखक म्याक्सिम गोर्कीले पनि प्रशंशा गरेका थिए ।
फरारीले १९२० को दशकमा जर्मनीमा खुफिया नेटवर्क बनाइन् । इटलीमा सैन्य इन्जिनियरहरु भर्ती गरिन् । उनको सबैभन्दा महत्वपूर्ण अपरेशन बेरन प्योत्र रेंगलको सम्बन्धमा थियो । जारशाहीका समर्थक सैन्य अधिकारी बेरन प्योत्र रेंगलको मृत्युमा फरारीको भूमिका मानिन्छ । विषका कारण उनको मृत्यु टर्कीमा भएको थियो । रेगल बोल्शेभिकका कट्टर दुश्मन थिए । यद्यपि फरारी पनि मारिइन् । क्रान्तिकारीविरुद्ध षड्यन्त्रका कारण उनलाई १६ जुलाइ १९३८ मा गोली हानिएको बताइन्छ ।
एलिजावेटा जरुबिनालाई ‘विषकन्या’ भनिन्छ । सोभियत खुफिया विभागमा उनलाई भर्ती गर्नेहरुलाई उनको क्षमता थाहा थियो । रसिया बियोन्डको एक रिपोर्टअनुसार जरुबिनाको सुन्दरता र कामुकताबाट कोही पनि बच्न सक्दैनथ्यो । उनी सजिलै कसैलाई पनि आफ्नो पछि लाग्ने बनाउन सक्थिन् । उनलाई चाहनेहरुको ठूलो संख्या थियो । उनी सोभियत खुफिया एजेन्सीको लागि लिजा नामबाट काम गर्थिन् ।
एलिजावेटाले युरोपका कैयौं देशहरु र अमेरिकामा वर्षौंसम्म काम गरिन् । उनले आफ्ना पति वसिली जरुबिनासँग मिलेर सयौं एजेन्ट भर्ती गरिन् । एलिजावेटा र उनका पतिले जर्मनीमा स्थापना गरेको खुफिया नेटवर्कले नाजीको हारपछि पनि आंशिक रुपमा काम गर्थ्यो । एलिजावेटा सोभियत संघकी यस्तो प्रथम जासुस हुन् जसले अमेरिकाको परमाणु बम कार्यक्रमको जानकारी हासिल गरेकी थिइन् ।
सोभियत संघमा मेलिता नरउडलाई स्टालिनका निकट व्यक्तिमध्ये मानिन्थ्यो । यसको सबैभन्दा ठूलो कारण उनले बेलायतको परमाणु बम कार्यक्रमको जानकारी हासिल गरेकी थिइन् । ‘होला’ नामबाट चर्चित मेलिताले स्टालिनलाई बेलायतको परमाणु बमको त्यो खुफिया जानकारी उपलब्ध गराएकी थिइन् जसको जानकारी बेलायतका क्याबिनेट मन्त्रीहरुलाई पनि दिइएको थिएन । मेलिताले बेलायतको परमाणु हतियार प्रोजेक्टलाई नै कपी गरेकी थिइन् ।
खासमा मेलिता बेलायतको नन फेरस मेटल्स रिसर्च एसोसिएसनमा सेक्रेटरीको जागिर हासिल गर्न सफल भएकी थिइन् । यो संस्थाको निगरानीमा बेलायतको परमाणु कार्यक्रम चलिरहेको थियो र त्यहीँबाट मेलिताले बेलायतको परमाणु कार्यक्रम कपी गरेकी थिइन् । बेलायतको काउन्टर इन्टेलिजेन्स सर्भिस एमआइ फाइभलाई मेलिताको विषयमा सन्देह पनि भयो तर उनले जासुसी गरेको कुनै प्रमाण भेटिएन ।
मेलिता रिटायर भइसकेपछि र उनको उमेर ८० वर्ष पुगिसकेपछि १९९२ मा ‘एजेन्ट होला’को रहस्य खुलेको थियो । यद्यपि बेलायत सरकारले उनलाई गिरफ्तार गरेन । यो मामिलामा मेलिताले एक पटक पत्रकारहरुसँग भनेकी थिइन् ‘मैले कहिल्यै पैसाको लागि काम गरिन । मैले केवल त्यो प्रणालीलाई रोक्नको लागि काम गरें जो विश्वलाई युद्धमा धकेल्न चाहन्थ्यो किनकि त्यसको परिणाम आम मानिसले भोग्नुपर्छ ।’
अमेरिकाले २०१८ मा रुसकी एक २९ वर्षकी महिलालाई गिरफ्तार गरेको थियो । उनी एक रुसी एजेन्ट थिइन् । उनलाई २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्नको लागि अमेरिका पठाइएको थियो । यो निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेका थिए । ट्रम्प विरोधीहरुले उनीमाथि चुनाब जित्नको लागि खुफिया एजेन्सीको सहयोग लिएको आरोप पनि लगाइरहे ।
२०१० मा पनि अमेरिकाले एक सुन्दर रुसी मोडल एना चापम्यानलाई गिरफ्तार गरेको थियो । उनलाई उनको टिमका जासुस साथीहरुको साथमा गिफ्तार गरिएको थियो । एनाले आफ्नो सुन्दरताको जालमा ओबामा प्रशासनका एक मन्त्रीलाई फसाएकी थिइन् । त्यसपछि उनले ती मन्त्रीबाट अमेरिकाका महत्वपूर्ण जानकारीहरु हासिल गर्ने र ती जानकारीहरु रुस पठाउने गर्थिन् ।







डिसी नेपाल







Facebook Comment