के रुसले युक्रेनमा सबैभन्दा ठूलो परमाणु बम खसाल्दैछ ? कति टाढासम्म हुन्छ यसको असर ?
काठमाडौं। रुसले युक्रेनमा लगातार ४ दिनदेखि आक्रमण गरिरहेको छ । दुई देशबीचको तनाव बढेर अहिले युद्धको रुप लिइसकेको छ । युक्रेनबाट कैयौं डरलाग्दा तस्वीरहरु सार्वजनिक भएका छन् । युक्रेनका धेरै क्षेत्रमा रुसी सेना पुगिसकेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि कारवाही गर्ने आफ्नो योजना पूरा गर्नुअघि कसैको कुनै कुरा सुनेनन् । रुसको यो कठोर कदमपछि रुसले युक्रेनमा परमाणु बम खसाल्न सक्ने र यदि यस्तो भयो भने के होला भन्ने त्रास बढेको छ ।
रुसका पछिल्ला दावीहरुलाई हेर्ने हो भने रुस युक्रेनमा परमाणु आक्रमण गर्नको लागि तयार भएको देखिन्छ । कैयौं मडिया रिपोर्टमा पनि रुसले परमाणु हतियार प्रयोग गर्न सक्ने दावी गरिएको छ । बेलायती अखबार डेली एक्सप्रेसका अनुसार यसबारेमा बेलायतका सशस्त्र बल मन्त्री जेम्स हिपेले केही दिन पहिले चेतावनी दिएका थिए कि पुटिन यसको लागि तयार छन् ।
त्यतिबेला उनले भनेका थिए ‘राष्ट्रपति पुटिनको आदेश पाउनासाथ युक्रेनमा सैनिकले बमले धावा बोल्नेछन् । रुससँग कैयौं ठूला परमाणु हतियार छन् । यदि रुसले यस्तो गर्यो भने युक्रेनमा भीषण विनाशको दृश्य देखिनेछ ।’ बेलायती अखबार मिररसँग रक्षा विभाग सूत्रले बताउअनुसार पुटिनले सबै बमको बाउ प्रयोग गर्न आदेश दिएका छन् ।
अर्कोतर्फ एउटा आशंका यो पनि छ कि रुसले सार बोम्बा जस्तो ठूलो बमको प्रयोग गर्यो भने नतिजा विनाशकारी हुन सक्छन् । सार बोम्बाको डिजाइन सोभियत संघको समयमा भएको थियो । सो सोभियत संघले बनाएको सबेभन्दा ठूलो बम थियो । सार बोम्बाको विष्फोट क्षमता १०० मेगाटन छ ।
डेली एक्सप्रेसका अनुसार यदि यो बम युक्रेनको राजधानी किभमा लञ्च गरियो भने यसको नतिजा निकै खतरनाक हुनेछ । यो बमले पूरै सहर नष्ट हुनेछ । यसको असर किभदेखि बिला सेरकेभासम्म पुग्नेछ जो किभको उत्तरी क्षेत्र हो परमाणु विष्फोटपछि हुने रेडिएसनबाट थर्ड डिग्री बर्न हुन्छ । यसले छालामा गम्भीर असर गर्छ । यसले छाला पनि दुखाइरहित हुन्छ किनकि यसले नशामा पनि प्रभाव पर्छ । द फेडरेसन अफ अमेरिकन साइन्टेस्टको अनुमान अनुसार अहिले रुससँग ६ हजार २५७, अमेरिकासँग ५ हजार ६ सय र चीनसँग ३५० परमाणु हतियार छन् ।







डिसी नेपाल







Facebook Comment