रुसविरुद्ध युक्रेनका सर्वसाधारण जनताले ‘गुरिल्ला वार’ गर्ने
काठमाडौं। युक्रेनी जनताले अब रुसविरुद्ध हतियार उठाइसकेका छन् । यहाँका जनताले उनीहरुको सहर रुसको नियन्त्रणमा गए चुप नबस्ने बताएका छन् । अहिले युक्रेनको सेना उनीहरुको रक्षाको लागि खटिएको छ तर यदि खतरा बढ्यो भने सहरका हरेक झ्यालबाट फायरिङ हुनेछ । अर्थात युक्रेनी जनता अब ‘गुरिल्ला वार’को लागि तयार भइसकेका छन् ।
युक्रेनको राजधानी किभ, दोस्रो ठूलो सहर खारकिभ लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरिसकेको छ । यसको जवाफ दिनका लागि युक्रेनी जनता पनि तयार भइसकेका छन् । रुक्रेनको सेना किभ र खारकिभमा प्रवेश गरिसकेको छ र रुसका ट्यांक सहरतिर बढिरहेका छन् । किभमा कब्जाको तयारी भइरहेको छ । युक्रेनी जनताले पनि आफूहरु मानसिक रुपले तयार भइसकेको बताएका छन् ।
४८ घण्टा पहिले युक्रेनले घुँडा टेकिसकेको थियो तर अहिलेसम्म ऊ फेरि उठिसकेको छ । अहिले युक्रेनमा जुन किसिमको परिस्थिति देखिएको छ यसले यो लडाइ अब गुरिल्ला वारतिर बढिरहेको देखिएको छ । राजधानी किभसहित कैयौं सहरहरुमा यो लगाइँ अब गुरिल्ला वारमा परिवर्तन हुन सक्ने आशंका गरिएको छ । किनकि यहाँ सर्वसाधारणले हतियार उठाइसकेका छन् । गुरिल्ला वार संगठित लठाइँ नभइ साना साना गुटमा हुने लडाइँ हो ।
हतियार उठाउने किसान, व्यापारी, विद्यार्थी, आइटी विज्ञ लगायत विभिन्न वर्गका जनतालाई युक्रेन सरकारले हतियार र नाइटभिजन उपकरण उपलब्ध गराएको छ । यी जनताले देशको रक्षाको लागि अगाडि आएको बताएका छन् । यसरी स्वस्फुर्त रुपमा हतियार उठाउनेहरु विभिन्न वर्गका छन् ।
युक्रेन सरकारले हालै रुसी सैनिक हुलिया बदलेर युक्रेनीको बीचमा आउन सक्ने चेतावनी जारी गरेको छ । यसले स्थानीय सचेत भएका छन् । स्थानीय जनता सडकमा हतियार लिएर घुमिरहेका छन् । कुनै पनि संदिग्ध भेटिए तत्काल निशाना बनाउन सकिन्छ । आम नागरिक युक्रेनी सेनामा सहभागी भएका छन् । युक्रेनमा सुरक्षित क्षेत्र कतै बाँकी छैन । यहाँ देशैभरी साइरन बजिरहेका छन् ।







डिसी नेपाल







Facebook Comment